नेपालगन्ज । आर्थिक वर्ष ०७८।७९ को बजेट सरकारले प्रस्तुत गर्ने भएपछि सबैभन्दा बढी चासो थियो, ज्येष्ठ नागरिकहरुमा । उनीहरुले सरकारले केही गर्छ भन्ने बिश्वास थियो । पूरा पनि भयो । उनीहरुले पाउने सुविधा शत प्रतिशत भत्ता बढेपछि उनीहरुको खुसीको सीमा भएन । सरकारलाई धन्यबाद दिए । उक्त भत्ता बृद्धहरुको सहारा बन्ने बिश्वास ज्येष्ठ नागरिकहरुको छ । ज्येष्ठ नागरिकहरुमा खुसीको सन्चार छाएको छ । ज्येष्ठ नागरिक पेरीया थारुले सरकारले मासिक ४ हजार भत्ता गरेपछि जीउने अधिकार बढेको बताइन । सामाजिक सुरक्षा भत्ता बुझ्न पाउने खबरले उनलाई उर्जा मिलेको छ । त्यो पनि चार महिनाको एक मुष्ट मासिक ४ हजारको दरले १६ हजार । उनीहरुलाई चाडपर्वका बेला सामाजिक सुरक्षाभत्ता बुझ्न पाएकोमा खुसीको सिमाहुँदैन । नले भनिन्,‘नातीका लागि एक जोड कपडा किन्छु । अरु बचाएर राख्छु । पछि औषधि उपचारका लागि आवश्यक पर्छ ।’
सरकारले ७० वर्ष उमेर माथिका जेष्ठ नागरिकहरुका लागि मासिक सामाजिक सुरक्षाभत्ता दिने गरेको छ । यसअघि मासिक दुई हजार थियो । चालु आर्थिक वर्षदेखि मासिक दुई हजार बढाएर चार हजार पुगेको छ । सामाजिक सुरक्षाभत्ताले जेष्ठ नागरिकहरुलाई जिउन सहारा मिलेको छ । उनीहरुलाई आवश्यक पर्ने दैनिक उपभोग्य समान किन्न सहजता मिलेको छ । समान्य ओषधि उपचारमा टेवा पुगेको छ । ‘मलाई नयाँ कपडा किन्नु छैन । नातीहरुलाई कपडा र खानेकुरा किनि दिन्छु । पसलमा खाएको केही रकम तिर्न बाँकी त्यो तिर्छु,’ पेरीयाले भनिन्,‘सरकारले दिने भत्ताले हाम्रो जीवनलाई निकै ठूलो सहयोग मिलेको छ ।’ उनका अनुसार केही खान मन लाग्यो भने कसैको मुख ताक्नु पर्दैन । जेष्ठ नागरिकले भत्ता पाउने भएकाले अघिपछि पैसा नभएका बेला गाउँका पसल सन्चालकले उधारो पत्याउँछन् । भत्ता पाएलगत्तै इमान्दारिकताका साथ उद्यारो रकम तिर्छन् ।
८० वर्षीया पुनिया थारु भत्ता बढ्ने भएको खबरले निकै जोशिला देखिईन । त्यसो त अझै पनि उनी घरको काममा छोराबुहारीहरुलाई अझै सघाउँदै आएकी छन् । उनलाई ५ पैसाले दैनिक उपभाग्य बस्तु किनमेल गरेको अनुभव उनलाई छ । कुनै बेला एक रुपैयाँ हालको एक लाख बराबरजस्तै थियो । हजार रुपैयाम्मा घरखेत किन्न सकिन्थ्यो । सय रुपैयाँ कमैले देख्न पाउँथे । ‘आजकलको पैसा कमजोर छ । यसमा दम छैन । तर मेरो लागि यो रकम धेरै हो,’ उनले भनिन्,‘थोरबहुत बचेको समालेर राख्छु । आवश्यक परे छोराबुहारीलाई सहयोग गर्छु ।’
पालिकाले सामाजिक सुरक्षाको रकम चौमासिक रुपमा उपलब्ध गराउँदै आएको छ । त्यो पैसाले चार महिनासम्म पुगाउनु पर्छ । त्यसैले उनीहरु जोगाएर राख्छन् । तर अधिकांश जेष्ठ नागरिकहरुले औषधि उपचारमा खर्च गर्छन । बचेको रकम नातीहरुका लागि कपडा र खानेकुरा किनिदिने गरेको अनुभव सुनाउँछन् । यसले नातीहरु हजुर आमाबुवासंग बढी नजिकिने गरेका छन् । छोराबुहारीलाई आर्थिक भार कम गर्न सहयोग गरेको छ । उनीहरुलाई सानातिना आवश्यकता लागि पनि भर पर्नु परेको छैन । उल्टो आकस्मिक समस्यामा उक्त रकमले परिवारलाई ठूलो सहयोग पु¥याएको छ । छोराबुहारीले हेर्ने दृष्टिकोणमा पनि फरक छ । सानातिना कुरामा किचकिच गर्नु परेको छैन । उनीहरुलाई आफ्नै भरमा जीउन सहयोग पुगेको छ । ‘भत्ता पाउन थालेपछि मन लागेको चिज किनेर खान मिलेको छ । छोराबुहारीसंग पैसा माग्नु परेको छैन,’ सामाजिक सुरक्षा रकम बुझ्दै आएकी ७९ वर्षीया फकिया थारु भन्छिन्,‘केही प¥यो कि हात पसार्नु प¥थ्यो । अब सानातिना कुराका लागि कसैको टाउके दुखाउनु परेको छैन ।’
सामाजिक सुरक्षाभत्ताले जेष्ठ नागरिकहरुलाई आत्म सम्मान मिलेको छ । शानका साथ बाँच्न सिकाएको छ । तिरस्कार हुनबाट जोगाएको छ । घृणा गर्ने छोराबुहारीले बुबाआमालाई माया गर्न थालेका छन् । यो अवस्थामा सामाजिक सुरक्षाभत्ताले छोराबुहारीलाई सहयोग गर्न पाएकोमा उनीहरु गौरवबोध हुने अनुभव सुनाउँछन् । ‘जिन्दगी आजभोली हो कि थाह छैन । तर यो अवस्थामा पनि परिवारलाई सहयोग गर्न पाएकोमा खुसी लाग्छ,’ जेष्ठ नागरिक फकिया थारु भन्छिन्,‘छोराछोरी पनि राम्रो मान्छन् । नातीहरु खानेकुरा पाएर दंग पर्छन ।’
जेष्ठ नागरिकहरुलाई आफ्नो व्यक्तिगत रुची खसै छैन । उनीहरु परिवारकै बारेमा बढी चिन्तित रहन्छन् । परिवारले माया दियोस भन्ने चाहन्छन् । विरामी परेका बेला अस्पताल पु¥याउन साथ खोज्छन् । मिठो बचन र सम्मान खोज्छन् । तर कतिपय छोराबुहारीले भने उनीहरुको आत्मसम्मानमा चोट पु¥याउँदा बढी दुखी हुन्छन् । कतिपय छोराबुहारीले भत्ताको रकम पाउने आशले आमाबुबालाई माया गरेको पाईन्छ । तर यस्ता परिवारिक कुराहरु उनीहरु व्यक्त गर्न चाहदैनन् । छोराबुहारीले कुनै दिन माया गर्ने आश जेष्ठ आमाबुबाले गर्छन । ‘यो समयमा हामीलाई बढी सहयोगको आवश्यकता पर्छ । उठाई दिने, नुहाई दिने, समयमै खान दिने मान्छे चाहिन्छ,’ अर्का जेष्ठ नागरिक पहाडी थारु भन्छन्,‘अरु हामीलाई केही चाहिन्न । छोराछोरीले माया गरिदिउन भन्ने आश लाग्छ ।’नेपालगन्ज । आर्थिक वर्ष ०७८।७९ को बजेट सरकारले प्रस्तुत गर्ने भएपछि सबैभन्दा बढी चासो थियो, ज्येष्ठ नागरिकहरुमा । उनीहरुले सरकारले केही गर्छ भन्ने बिश्वास थियो । पूरा पनि भयो । उनीहरुले पाउने सुविधा शत प्रतिशत भत्ता बढेपछि उनीहरुको खुसीको सीमा भएन । सरकारलाई धन्यबाद दिए । उक्त भत्ता बृद्धहरुको सहारा बन्ने बिश्वास ज्येष्ठ नागरिकहरुको छ । ज्येष्ठ नागरिकहरुमा खुसीको सन्चार छाएको छ । ज्येष्ठ नागरिक पेरीया थारुले सरकारले मासिक ४ हजार भत्ता गरेपछि जीउने अधिकार बढेको बताइन । सामाजिक सुरक्षा भत्ता बुझ्न पाउने खबरले उनलाई उर्जा मिलेको छ । त्यो पनि चार महिनाको एक मुष्ट मासिक ४ हजारको दरले १६ हजार । उनीहरुलाई चाडपर्वका बेला सामाजिक सुरक्षाभत्ता बुझ्न पाएकोमा खुसीको सिमाहुँदैन । नले भनिन्,‘नातीका लागि एक जोड कपडा किन्छु । अरु बचाएर राख्छु । पछि औषधि उपचारका लागि आवश्यक पर्छ ।’
सरकारले ७० वर्ष उमेर माथिका जेष्ठ नागरिकहरुका लागि मासिक सामाजिक सुरक्षाभत्ता दिने गरेको छ । यसअघि मासिक दुई हजार थियो । चालु आर्थिक वर्षदेखि मासिक दुई हजार बढाएर चार हजार पुगेको छ । सामाजिक सुरक्षाभत्ताले जेष्ठ नागरिकहरुलाई जिउन सहारा मिलेको छ । उनीहरुलाई आवश्यक पर्ने दैनिक उपभोग्य समान किन्न सहजता मिलेको छ । समान्य ओषधि उपचारमा टेवा पुगेको छ । ‘मलाई नयाँ कपडा किन्नु छैन । नातीहरुलाई कपडा र खानेकुरा किनि दिन्छु । पसलमा खाएको केही रकम तिर्न बाँकी त्यो तिर्छु,’ पेरीयाले भनिन्,‘सरकारले दिने भत्ताले हाम्रो जीवनलाई निकै ठूलो सहयोग मिलेको छ ।’ उनका अनुसार केही खान मन लाग्यो भने कसैको मुख ताक्नु पर्दैन । जेष्ठ नागरिकले भत्ता पाउने भएकाले अघिपछि पैसा नभएका बेला गाउँका पसल सन्चालकले उधारो पत्याउँछन् । भत्ता पाएलगत्तै इमान्दारिकताका साथ उद्यारो रकम तिर्छन् ।
८० वर्षीया पुनिया थारु भत्ता बढ्ने भएको खबरले निकै जोशिला देखिईन । त्यसो त अझै पनि उनी घरको काममा छोराबुहारीहरुलाई अझै सघाउँदै आएकी छन् । उनलाई ५ पैसाले दैनिक उपभाग्य बस्तु किनमेल गरेको अनुभव उनलाई छ । कुनै बेला एक रुपैयाँ हालको एक लाख बराबरजस्तै थियो । हजार रुपैयाम्मा घरखेत किन्न सकिन्थ्यो । सय रुपैयाँ कमैले देख्न पाउँथे । ‘आजकलको पैसा कमजोर छ । यसमा दम छैन । तर मेरो लागि यो रकम धेरै हो,’ उनले भनिन्,‘थोरबहुत बचेको समालेर राख्छु । आवश्यक परे छोराबुहारीलाई सहयोग गर्छु ।’
पालिकाले सामाजिक सुरक्षाको रकम चौमासिक रुपमा उपलब्ध गराउँदै आएको छ । त्यो पैसाले चार महिनासम्म पुगाउनु पर्छ । त्यसैले उनीहरु जोगाएर राख्छन् । तर अधिकांश जेष्ठ नागरिकहरुले औषधि उपचारमा खर्च गर्छन । बचेको रकम नातीहरुका लागि कपडा र खानेकुरा किनिदिने गरेको अनुभव सुनाउँछन् । यसले नातीहरु हजुर आमाबुवासंग बढी नजिकिने गरेका छन् । छोराबुहारीलाई आर्थिक भार कम गर्न सहयोग गरेको छ । उनीहरुलाई सानातिना आवश्यकता लागि पनि भर पर्नु परेको छैन । उल्टो आकस्मिक समस्यामा उक्त रकमले परिवारलाई ठूलो सहयोग पु¥याएको छ । छोराबुहारीले हेर्ने दृष्टिकोणमा पनि फरक छ । सानातिना कुरामा किचकिच गर्नु परेको छैन । उनीहरुलाई आफ्नै भरमा जीउन सहयोग पुगेको छ । ‘भत्ता पाउन थालेपछि मन लागेको चिज किनेर खान मिलेको छ । छोराबुहारीसंग पैसा माग्नु परेको छैन,’ सामाजिक सुरक्षा रकम बुझ्दै आएकी ७९ वर्षीया फकिया थारु भन्छिन्,‘केही प¥यो कि हात पसार्नु प¥थ्यो । अब सानातिना कुराका लागि कसैको टाउके दुखाउनु परेको छैन ।’
सामाजिक सुरक्षाभत्ताले जेष्ठ नागरिकहरुलाई आत्म सम्मान मिलेको छ । शानका साथ बाँच्न सिकाएको छ । तिरस्कार हुनबाट जोगाएको छ । घृणा गर्ने छोराबुहारीले बुबाआमालाई माया गर्न थालेका छन् । यो अवस्थामा सामाजिक सुरक्षाभत्ताले छोराबुहारीलाई सहयोग गर्न पाएकोमा उनीहरु गौरवबोध हुने अनुभव सुनाउँछन् । ‘जिन्दगी आजभोली हो कि थाह छैन । तर यो अवस्थामा पनि परिवारलाई सहयोग गर्न पाएकोमा खुसी लाग्छ,’ जेष्ठ नागरिक फकिया थारु भन्छिन्,‘छोराछोरी पनि राम्रो मान्छन् । नातीहरु खानेकुरा पाएर दंग पर्छन ।’
जेष्ठ नागरिकहरुलाई आफ्नो व्यक्तिगत रुची खसै छैन । उनीहरु परिवारकै बारेमा बढी चिन्तित रहन्छन् । परिवारले माया दियोस भन्ने चाहन्छन् । विरामी परेका बेला अस्पताल पु¥याउन साथ खोज्छन् । मिठो बचन र सम्मान खोज्छन् । तर कतिपय छोराबुहारीले भने उनीहरुको आत्मसम्मानमा चोट पु¥याउँदा बढी दुखी हुन्छन् । कतिपय छोराबुहारीले भत्ताको रकम पाउने आशले आमाबुबालाई माया गरेको पाईन्छ । तर यस्ता परिवारिक कुराहरु उनीहरु व्यक्त गर्न चाहदैनन् । छोराबुहारीले कुनै दिन माया गर्ने आश जेष्ठ आमाबुबाले गर्छन । ‘यो समयमा हामीलाई बढी सहयोगको आवश्यकता पर्छ । उठाई दिने, नुहाई दिने, समयमै खान दिने मान्छे चाहिन्छ,’ अर्का जेष्ठ नागरिक पहाडी थारु भन्छन्,‘अरु हामीलाई केही चाहिन्न । छोराछोरीले माया गरिदिउन भन्ने आश लाग्छ ।’
जेष्ठ नागरिक सम्बन्धि ऐन २०६३ ले जेष्ठ नागरिकहरुका लागि थुप्रै अधिकार ग्यारेन्टी गरेको छ । जेष्ठ नागरिकलाई आफ्नो आर्थिक हैसियत तथा इज्जत आमद अनुसार पालनपोषण तथा हेरचाह गर्नु परिवारको प्रत्येक सदस्यको कर्तव्य हुने कानुनी व्यवस्था छ । त्यस्तै अंश लिई परिवारबाट अलग बसेको वा बस्न चाहेको अवस्थामाबाहेक चाहेको परिवारको सदस्यले आफ्नो साथमा राखी पालनपोषण गर्नु पर्ने ग्यारेन्टी गरिएको छ । उनीहरुको इच्छाविपरीत निजलाई परिवारबाट अलग राख्न वा अलग बस्न बाध्य गराउन नपाइने भनिएको छ । कसैले पनि जेष्ठ नागरिकलाई भिक्षा माग्न कानुनले रोक लगाएको छ । जेष्ठ नागरिकको अधिकार हनन गर्नेलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद वा बिगोबमोजिम जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ । जेष्ठ नागरिक सम्बन्धि ऐन २०६३ ले जेष्ठ नागरिकहरुका लागि थुप्रै अधिकार ग्यारेन्टी गरेको छ । जेष्ठ नागरिकलाई आफ्नो आर्थिक हैसियत तथा इज्जत आमद अनुसार पालनपोषण तथा हेरचाह गर्नु परिवारको प्रत्येक सदस्यको कर्तव्य हुने कानुनी व्यवस्था छ । त्यस्तै अंश लिई परिवारबाट अलग बसेको वा बस्न चाहेको अवस्थामाबाहेक चाहेको परिवारको सदस्यले आफ्नो साथमा राखी पालनपोषण गर्नु पर्ने ग्यारेन्टी गरिएको छ । उनीहरुको इच्छाविपरीत निजलाई परिवारबाट अलग राख्न वा अलग बस्न बाध्य गराउन नपाइने भनिएको छ । कसैले पनि जेष्ठ नागरिकलाई भिक्षा माग्न कानुनले रोक लगाएको छ । जेष्ठ नागरिकको अधिकार हनन गर्नेलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद वा बिगोबमोजिम जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ ।