नेपालगन्ज । भेरी वातावरणीय विष्शिटता समुह (बि ग्रुप) बाँके को साझेदारीमा सञ्चालित बालिका तथा युवा शसक्तिकरण (नेतृत्व र निर्णंय) परियोजना अन्तर्गत आबद्ध किशोरीहरुलाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि अभिमुखिकरण अनलाईनको माध्यमबाट सुरु गरिएको छ ।
प्लान ईन्टरनेशनलको नेपालको सहयोगमा १० देखी १५ र १६ देखी २४ बर्ष उमेर समूहका परिवर्तनका संवाहक किशोरीहरुलाई कोभिड १९ को महामारीका बेला किशोरीहरुमा पर्ने स्वास्थ्यको प्रभाव र महिनावारी स्वच्छता, बन्दाबन्दिको समयमा किशोरीहरुमाथी हुने र हुनसक्ने विभिन्न प्रकारका हिंसाहरु, बालविवाह ले प्रजनन स्वास्थयमा पार्ने असरहरु, तथा यौन तथा प्रजनन स्वास्थ्य का सेवाहरु र अधिकारहरुको को बारेमा भर्चुअलको माध्यमबाट अभिमुखिकरण गरिरहेको कार्यक्रम संयोजक दिनेश चौधरीले जानकारी दिए । बि ग्रुप बाँकेले बर्दिया जिल्लाको मधुवन नगरपालीका, बारबर्दिया नगरपालीका र बाँके जिल्लाको खजुरा गाउँपालीकामा १० देखी १५ र १६ देखी २४ बर्ष उमेर समुहका किशोर किशोरीहरुको समुह गठन गरी सिओसी कक्षाहरु सञ्चालन गर्दै आर्ईरहेको छ ।