८ मन्त्री र २ राज्यमन्त्रीसहित जसपा महन्थ पक्ष सरकारमा जाने संकेत - Dastabej

८ मन्त्री र २ राज्यमन्त्रीसहित जसपा महन्थ पक्ष सरकारमा जाने संकेत


  • दस्तावेज

  • काठमाडौँ — ८ मन्त्री र २ राज्यमन्त्री पाए जनता समाजवादी पार्टी (महन्थ ठाकर) पक्षीय नेता प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने भएका छन् । सोमबार प्रधानमन्त्री केपी ओली र जनता समाजवादी पार्टीका अध्यक्ष मठाकुर, नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्णलगायतको भेटवार्ता भएको थियो । भेटभच मुद्दा फिर्ता र सरकारमा कसरी सहभागीता जनाउने बारे छलफल भएको नेता कर्णले बताए । अध्यक्ष महन्थले ुसरकारमा जानका ८ मन्त्री र २ राज्यमन्त्री मा गरेको र पार्टीमा विवाद भएकाले छलफल पछि भोलिपर्सीमा जवाफ दिने आश्वासन प्रधानमन्त्री ओलीलाई दिएको उनले जनाए । मधेस आन्दोलन र थरुहट आन्दोलनमा सहभागी नेता कार्यकर्तामाथि लागेका केही मुद्दा फिर्ता लिने प्रविधिक काम पूरा भएपछि सरकारमा सहभागीताबारे निर्णय लिइने उनले बताए । बैठकमा दुवै तर्फबाट कार्यदलका सदस्यको सहभागिता थियो । कार्यदलमा सुवास नेम्वाङ, राजन भट्टराई सर्वेन्द्रनाथ शुक्ललगायत रहेका छन् ।यस्तै कार्यदलका सदस्य एवं एमाले स्थायी कमिटी सदस्य सुवास नेम्बाङका अनुसार वार्ता चलिरहेको र टुंगो लागि नसकेको बताए ।

  • १७ जेष्ठ २०७८, सोमबार १४:५८ प्रकाशित

  • Nabintech
  • १. खजुरा गाउँपालिका- ५ का वडा अध्यक्ष कक्षा ८ को परीक्षा दिँदै
  • २. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • ३. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ४. जानकी ३ इन्द्रपुरमा बालबिवाह सम्बन्धि अन्तरक्रिया
  • ५. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. बाँकेमा साना र ठूला गरी करिब तीन हजार होटल सञ्चालनमा