लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा गठबन्धनका पाण्डे विजयी - Dastabej

लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा गठबन्धनका पाण्डे विजयी

नेकपा एमालेका उम्मेद्वार चन्द्रबहादुर खड्काले ३ हजार ६ सय १२ मत पाए भने पाण्डेले ४ हजार १ सय ४० मत प्राप्त गरे ।


  • दस्तावेज

  • दाङ — सोमबार भएको लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा नेपाली कांग्रेसका दृगनारायण पाण्डे भारी मतले विजयी भएका छन् । ५ सय २८ मतभारले उनी विजयी भएका हुन् । नेकपा एमालेका उम्मेद्वार चन्द्रबहादुर खड्काले ३ हजार ६ सय १२ मत पाए भने पाण्डेले ४ हजार १ सय ४० मत प्राप्त गरे । कांग्रेसका उम्मेदवार पाण्डेलाई माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र उपेन्द्र यादव पक्षीय जनता समाजवादी पार्टी पार्टीको समर्थन थियो । पाण्डे यसअघि एमालेका तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्य भए पनि सांसदबाट राजीनामा दिएर कांग्रेसमा प्रवेश गरेका थिए । ​नेकपा एमालेका तर्फबाट उम्मेद्वार भएका खड्का यसअघि माओवादी केन्द्रका तर्फबाट राष्ट्रिय सभा सदस्य थिए । एमालेमा प्रवेश गरेपछि माओवादीले कारबाही गरेको थियो । निर्वाचनमा २ सय ९७ मत खसेको थियो । तीन स्थानीय तहका प्रमुख मतदानमा सहभागी भएनन् । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका प्रमुख धवलशमशेर राणा, नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह र गुल्मीको गुल्मी दरबार गाउँपालिका अध्यक्ष अशोककुमार थापा मतदानमा सहभागी भएनन् ।

  • १७ जेष्ठ २०७८, सोमबार १७:२२ प्रकाशित

  • Nabintech

    बढैयातालमा अध्यक्ष कप फुटबल प्रतियोगिता जारी ः आज बढैयाताल र बारबर्दिया बिच प्रतिस्पर्धा हुने दलबहादुर सुनार चैत्र ११ बढैयाताल ,बर्दिया यूवा नै देशको शान सबैले गरौ खेलकुदमा योगदान भन्ने मुल सन्देशका साथ कालिका सामुदायिक पुस्तकालय र बढैयाताल गाउँपालिका ८ नं वडा कार्यालयको आयोजनामा चैत्र ४ गते देखि बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता जारी छ । जारी प्रतियोगिताको चौथो संस्करण पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको फाइनल खेल चैत्र ११ सम्पन्न हुने कार्यतालिका भएता पनि बेमौषमी बर्षादको कारण खेल लम्बिन गएको आयोजकले जनाएको छ । प्रतिकुल मौषम र ठुलो पानी नपरे प्रतियोगिताको अन्तिम सेमि फाइनल खेल आज बारबर्दिया नगर पालिका र आयोजक बढैयाताल गाउँ पालिका बिच हुने कालिका सामुदायिक पुस्तकालयका अध्यक्ष सुन्दरमान श्रेष्ठले जनाएका छन् । हिजो भएको सेमि फाइनल खेलमा तेश्रो संस्करणको पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगितामा बिजेता बनेको बाँसगढी नगरपालिका लाई हराउदै फाइनलमा प्रबेश गरेको मधुवन नगर पालिका र आजको खेलमा बिजेता हुने पालिका बिच फाइनल खेल हुने छ । मयुर यूवा क्लबको खेल मैदानमा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल खेलमा बिजेता हुनेले १ लाख ५ हजार ५ सय ५५ र उप बिजेता हुनेले ५१ हजार १ सय ११ नगत पुरस्कार, ट्रफि , मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ ।

  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. राप्ती सोनारीको प्रमुख प्रशासकीय अधिकृतमा देवकोटा
  • ७. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न