भेरीका स्वास्थ्यकर्मीमाथि आक्रमण घटनाः छानबीन समिति प्रतिबेदनमा के छ ? - Dastabej

भेरीका स्वास्थ्यकर्मीमाथि आक्रमण घटनाः छानबीन समिति प्रतिबेदनमा के छ ?

प्रतिबेदनमा विरामीहरुप्रति स्वास्थ्यकर्मीहरुले गर्ने व्यवहार, अस्पतालको आन्तरिक व्यवस्थापन, केन्द्रबाट उपलब्ध गराउनु पर्ने जनशक्तिहरु समेत प्रतिबेदनमा उल्लेख छ गरिएको


  • दस्तावेज

  • नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जका चिकित्सक र स्वास्थ्यकर्मीहरुमाथि भएको संघातिक आक्रमण घटनाको बास्तविकता बुझ्न गठन गरिएको छानबीन समितिले समस्या र दिर्घकालिन समाधानसहितको प्रतिबेदन बुझाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रोशन विष्टको संयोजकत्वमा गठन भएको सात सदस्यीय समितिले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई २५ पानाको प्रतिवेदन बुझाएको हो । उक्त प्रतिवेदन मंलगबार सार्वजनिक गर्ने जनाइएको छ । छानबीन समितिले घटनाको स्थलगत अध्ययन, कुटपीट गरिएका चिकित्सक र स्वास्थ्यकर्मीहरु, पीडक, घटनाका प्रत्यक्षदर्शी, विरामीका कुरुवासमेतसंग समेतसंग सोधपुछ गरेको छ । उक्त प्रतिबेदनमा घटनाको हुनुको कारण, दिर्घकालिन समस्या समाधानको पाटोलाई पनि समाबेश गरिएको बताइएको छ । सहयाक प्रमुख जिल्ला अधिकारी तथा समितिका संयोजक विष्टले कोरोना महामारीका कारण भेरी अस्पतालमा भएको जनशक्ति अभाव, घटना भएको दिन उत्पन्न परिस्थिती, जनशक्ति अभाव लगायतका समस्या र त्यसको दिर्घकालिन समाधानका लागि प्रतिबेदनमा सुझाव दिइएको बताए । ‘तर प्रतिबेदनमा समाबेश गरिएका सबै विषय प्रमुख जिल्ला अधिकारीले अध्ययनपछि सार्वजनिक गर्नु हुने छ,’उनले भने,‘अगामि दिनमा यस्ता घटना दोहोरिन नदिन दिर्घकालिन समस्या समाधानको सुझाव पनि दिएका छौँ ।’
    सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन गरिएको समितिमा भेरी अस्पताल विकास समितिका दुई जना सदस्य, जिल्ला प्रहरीका डिएसपी, नेपाल चिकित्सक संघका दुई, नर्सिङका तर्फबाट एक जना सदस्य रहने गरी समिति बनाइएको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालले छानबीन समिमिले प्रतिबेदन बुझाई सकेको तर बिस्तृतमा अध्ययन गर्न नभ्याएको बताए । तर प्रतिबेदनमा विरामीहरुप्रति स्वास्थ्यकर्मीहरुले गर्ने व्यवहार, अस्पतालको आन्तरिक व्यवस्थापन, केन्द्रबाट उपलब्ध गराउनु पर्ने जनशक्तिहरु समेत प्रतिबेदनमा उल्लेख गरिएको जनाए । त्यस्तै अस्पताल भित्र स्वास्थ्यकर्मीहरुको सुरक्षालाई पनि प्रतिबेदनम जोडले उठाइएको छ । ‘प्रतिबेदन अध्ययनपछि समस्या समाधानका लागि पहल गर्ने प्रयास गछौ,’ उनले भने । त्यस्तै, भेरीका चिकित्सक र स्वास्थ्यकर्मीहरुले साँझ ५ वजेदेखि एक घण्टा दैनिक प्रदर्शन गदै आएका छन् । उनीहरुले चिकित्सकलगायतका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई ५ वर्षको जेल सजाय हुने कानुनको माग गदै भेरी अस्पतालमा प्रदर्शन जारी राखेका हुन । पछिल्लो पल्ट कोरोना संक्रमित दांगका डिल्ली रावतको उपचारका क्रममा मृत्यु भएपछि उनका भाई र छोराले आइसीयुमा तोडफोड गर्नुका साथै लखेटीलखेटी आक्रमण गरेपछि चिकित्सकसहित स्वास्थ्यकर्मीहरु प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले स्थानीय प्रशासनले आक्रमणकारीहरुलाई हदैसम्मको कारवाही र सुरक्षा दिन नसके विरामीहरुको उपचार गर्न नसक्ने अडान राखेपछि भेरीमा सुरक्षा बढाइएको हो । सुरक्षा समितिको बेठकको निर्देशमा शनिबारदेखि भेरी अस्पतालमा जिल्ला प्रहरी कार्यालय बाँकेले प्रहरी नायव निरिक्षक (सई ) तोजेन्द्र विसिको कमाण्डमा दुई प्रहरी सहायक निरिक्षक (असई) सहित २५ जना प्रहरी खटाएको छ । यसअघि उक्त अस्पतालमा हबल्दारको कमाण्डमा दुई जना प्रहरी तैनाथ हुने गरेका थिए । एक सर्य, दुई असईसहितको प्रहरी टोलीले अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, नर्सलगायतलाई सुरक्षा दिने छ । बा“के प्रहरी प्रमुख प्रहरी उपररीक्षक (एसपी) ओम रानाले भेरी अस्पतालको पूर्ण सुरक्षाका लागि सईको कमाण्डमा २५ सुरक्षाकर्मी तैनाथ गरिएको जनाए । उनले अस्पतालमा झगडा, दुव्र्यहार र आक्रमण गर्नेलाई तत्काल सुरक्षाकर्मीले नियन्त्रणमा लिने गरी सुरक्षा व्यवस्था मिलाएको बताए । ‘शनिबारदेखि नै सुरक्षा दिने गरी प्रहरी तैनाथ भइसकेको छ । अस्पताल परिसर र भित्र प्रहरी परिचालित हुने छन्,’ उनले भने,‘स्वास्थ्यकर्मी, चिकित्सकलगायतका अस्पताल कर्मचारीहरुले ढुक्क भएर काम गर्नुस । सुरक्षाको जिम्मा हाम्रो भयो ।’ उनका अनुसार अस्पतालका सबै कर्मचारीहरुको सुरक्षाका लागि भित्र २४ घण्टा प्रहरी परिचालन गरिएका छन् ।
    बिहिबार राति दांगका दाङका ५३ बर्षीय डिल्ली रावतको मृत्यु भएपछि भाई मानबहादुर रावत, मृतकका छोराद्धय भरत रावत र लोकराज लगायतले चिकित्सक र स्टाफनर्समाथि संघातिक आक्रमण गरेका थिए । उनीहरु ज्यान जोगाउन अस्पतालको एक तलामाथि रहेको कोरोना वार्डको झ्यालबाट हाम फालेर ज्यान जोगाएका थिए । उक्त घटनालाई लिएर चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएपछि सर्बत्र चासोको विषय बन्यो । स्वास्थ्य, गृह मन्त्रालयदेखि राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले घटना बारे चासो लिए । चिकित्सक संघ, मानव अधिकार आयोग लगायतका संस्थहरुले पनि उक्त घटनाको विरोध गरे । घटनामा संलग्नबिरुद्ध ज्यान मार्ने उद्योग र उपद्र व्यवहारमा मुद्दा चलाइएको छ ।

  • १८ जेष्ठ २०७८, मंगलवार १२:४० प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार