ब्ल्याक फंगस नयाँ रोग होईन तर तयारी छैन - Dastabej

ब्ल्याक फंगस नयाँ रोग होईन तर तयारी छैन

यो रोग हाल भारतमा फैलिनुभन्दा पहिले नेपालमा देखिएको हो । ‘वर्षमा एकदुई जनामा मात्रै यो रोग संक्रमण देखिन्थ्यो । तर कोरोनाका महामारीमा बढी केश देखिन थालेको छ।


  • दस्तावेज

  • नेपालगन्ज । भारतको सीमासंग जोडिएको नेपालगन्जको भेरी अस्पतालमा उपचार गराईरहेका केही कोरोना संक्रमितमा ब्ल्याक फंगस (कालो ढुसी) संक्रमण देखिएको छ । खासगरी मधुमेहबाट पीडित रहेका कोरोना संक्रमितहरुको उक्त रोगको संक्रमण देखिएको हो । दुई सातामा चार जना कोरोनाका विरामीहरुमा ब्ल्याक फंगसको लक्षण देखिएको भेरी अस्पताल नेपालगन्जका कन्सलटेन्ट प्रमुख फिजिसीयन डा. राजन पाण्डेले बताए । उनका अनुसार ब्ल्याक फंगस संक्रमण देखिएको एक जनाको मृत्यु भएको छ । ‘मधुमेह रोगी र कोरोनाको उपचारको क्रममा स्ट्रोइड्स ग्रुपको दिईने औषधिले थप सुगर बढाउ“छ । त्यस्तो विरामीमा ब्ल्याक फंगसको संक्रमण बढी हुने सम्भावना रहन्छ,’ उनले भने,‘दुई सातामा चार जना त्यस्तो विरामी देखिसकेका छौ“ ।’ उनका अनुसार ब्ल्याक फंगस नयाँ रोग होईन । यो रोग हाल भारतमा फैलिनुभन्दा पहिले नेपालमा देखिएको हो । ‘वर्षमा एकदुई जनामा मात्रै यो रोग संक्रमण देखिन्थ्यो । तर कोरोनाका महामारीमा बढी केश देखिन थालेको छ,’ उनले भने,‘भारतबाट ब्ल्याक फंगस भित्रिन्छ भन्ने होईन । पहिलेदेखि नै यो रोग थियो ।’ कोरोनाका महामारी बढ्दै गए ब्ल्याक फंगसको संक्रमण पनि बढ्न सक्ने भन्दै सरकारले तयारी थाल्नु पर्ने चिकित्सकहरुको सुझाव छ । सरकारले समयमै औषधि खरिद नगरे समस्या उत्पन्न हुनसक्ने उनीहरुको चेतावनी छ ।
    चिकित्सकीय भाषामा उक्त रोगलाई म्युकोर्मिकोसिस पनि भनिन्छ । यसको लक्षण रुघाखोकीजस्तो लाग्ने, मुख सुन्निने, आ“खा, नाकको बरीपरी सुन्निने, कालो डाम बस्ने, नाकबाट रगत बग्ने हुन्छ । ‘यो रोगको लक्षण देखिनसाथ उपचार गर्न सुरु गर्नुपर्छ । दुईचार दिनमै कालो डाम सड्न सक्छ,’ डा. पाण्डे भन्छन्,‘नाक बन्द भएर ज्यान जाना सक्छ ।’ छिमेकी मुलुक भारतमा ब्ल्याक फंगसको आक्रमण बढी देखिन थालेको केही समयमा नेपालमा पनि संक्रमण देखिन थालेको हो ।
    जिल्ला स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले ब्ल्याक फंगस महामारी नभएको बताए । उनले हजार जना मध्ये एक जनामा देखिन सक्ने जनाए । ‘यो कोरोनाजस्तो महामारी होईन । तर कोरोना संक्रमित कमजोर विरामीमा त्यस्तो समस्या देखिन सक्छ,’ उनले भने,‘कोरोना संक्रमित भएर उपचारका लागि नेपालगन्ज आएका केहीमा ब्ल्याक फंगस देखिएपछि उपचारका लागि काठमाडौं पठाएका छौँ ।’ ब्ल्याक फंगसको औषधि नेपालमा उपलब्ध छैन । भारतमा समेत उक्त औषधिको हाहाकार छ । कोरोनाको महामारी सुरु भएपछि नेपाल भारत सीमा नेपालगन्जको जमुनाहा नाकामा हेल्थ डेस्क राखिएको छ । त्यहाँ भारतबाट घर फर्किने नेपालीहरुको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । सीमास्थित ईलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख प्रहरी नायव निरीक्षक विष्णु गिरीले हाल भारतबाट दैनिक दुई सय नेपालीहरु घर फर्किरहेको बताए । ‘ज्वरो नापिन्छ । शंका लागेकालाई एन्टीजेन परीक्षण गरिन्छ,’ उनले भने ।

  • १८ जेष्ठ २०७८, मंगलवार १५:३९ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार