बर्दिया । आशा लघुबित्ता बित्तीय संस्था मैनापोखर बर्दियाले ईलाका प्रहरी कार्यालय मैनापोखरलाई स्वास्थ्य समाग्री सहयोग गरेको छ । ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रमुुख प्रहरी निरिक्षक धर्मराज जोशीलाई आशा लघुबित्त बितीय संस्था मैनापोखरका शाखा प्रबन्धक तेजराज न्यौपानेले साढे आठ हजार बराबरको स्वास्थ्य समाग्री हस्तान्तरण गरेका हुन । उनका अनुसार ५ लिटर सेनिटाइज, ग्लोब्स, मास्क, साबुन, तीन सय लिटरको ड्रम, ५ लिटर पेट्रोल लगायत्का स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको हो । प्रहरीहरु चौबिसे घण्टा फ्रन्टलाईनमा रहेर काम गर्छन, उनीहरुको सुरक्षाका लागि स्वास्थ्य समाग्री सहयोग गर्नु, हामी सबैको समाजिक दायित्व हो, शाखा प्रबन्धक न्यौपानेले भने । स्वास्थ्य समाग्री ग्रहण गर्दै ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरिक्षक धर्मराज जोशीले खुशी व्यक्त गरे । हामी कोरोना महामारीमा उच्च जोखिममा रहेर काम गरी रहेका छौ, सुरक्षाका लागि यो स्वास्थ्य समाग्रीले हामीलाई थप उर्ज थपेको छ । यसले हामीले गर्दै आएको कामलाई थोरै भए पनि सहज बनाउने छ, उनले भने । आशा लघुबित्त बितीय संस्थाले बढैयाताल गाउँपालिकाका ५ सय घरधुरीका सर्बसाधरणलाई मास्क बितरण गरिरहेको छ । केही दिनमा एक हजार मास्क बितरण गर्ने संस्थाले जनाएको छ ।