बुटवल— लुम्बिनी प्रदेश सभाको वर्षे अधिवेशन सुरु भए लगत्तै विपक्षी दलका सांसदहरुले मुख्य मन्त्री शंकर पोखरेलको राजीनामा माग गरेका छन् । उनीहरुले मुख्य मन्त्री पोखरेलको नियुक्ती असंबैधानिक रहेको जिकिर गरेका छन् । बुधबारदेखि सुरु भएको बर्षे अधिबेशनमा प्रदेश सांसदहरुले सरकारमाथि आक्रोस पोखे । उनीहरुले मुख्यमन्त्री पोखरेल अल्पमतमा रहेको दाबी गर्दै जीनामा दिएर मार्ग प्रसस्त गर्न सुझाए । बहुमत सरकारका लागि लुम्बिनी प्रदेशमा ४१ जना सांसद आवश्यक पर्छन् । अधिबेशनमा बोल्दै पुर्ब प्रदेश मन्त्री तथा माओवादी केन्द्रका नेता सुदर्शन बरालले सरकार अवैधानिक रहेकोले राजीनामाको विकल्प नरहेको तर्क गरे । ‘सपथ खानाका लागि मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई बोरामा राखेर आफ्नो कार्यकक्षमा लानु भो । त्यसैले मुख्यमन्त्रीले नीति कार्यक्रम ल्याउन मिल्दैन,’उनले भने । कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले मुख्यमन्त्रीमा पोखरेल संविधान विपरित नियुक्त भएको दाबी गरे । उनले सरकारले गठन भएको एकमहिनाभित्र मुख्यमन्त्री पोखररेले विश्वासको मत लिनुपर्ने राय व्यक्त गरे । जनता समाजवादी पार्टी संसदीय दलका नेता सहजराम यादवले एमालेले आफ्नो दलसमेत फुटाएर सत्तामा रहेको आरोप लगाए । लुम्बिनी प्रदेशमा जसपाका ६ सांसद छन् । ४ सांसद पोहरेल नेतृत्वको सरकारमा सहभागी भइसकेका छन् ।