पुनको पुण्य तिथिमा बाटोको नामाकरण – Dastabej

पुनको पुण्य तिथिमा बाटोको नामाकरण


  • दस्तावेज

  • कोरोना संक्रमण बाट अल्पआयुमै ज्यान गुमाएका बैजनाथ ६ सम्झना बजारका युवा निर्माण ब्यवसायी भुपेन्द्र पुनको १३औ दिनको पुण्य तिथिमा बाटोको नामाकरण गरिएको छ ।
    स्थानीय समाजसेवी , युवा तथा जन प्रतिनिधिहरुको उपस्तिथिमा युबा निर्माण ब्यवसायी स्वर्गीय पुनले आफ्नो गाउ समाज लाई बिक्रिती र बिसंगती तर्फ जान नदिन युबाहरुमा नेतृत्वदायी भुमिका निभाउदै आयको स्मरण गर्दै सम्मान स्वरुप उक्त बाटोको नाम भुपेन्द्र मार्ग राखियको निर्माण ब्यवसायी डम्बर रावतले जानकारी गराए।
    पुर्ब पश्चिम राजमार्गको सम्झना बजार बाट ३०/३५ घर भएको पेउकाली टोलजाने उक्त सडकमा लाखौं पर्ने झन्डै १सय ५०मिटर जग्गा पुन परिवारले यस अघि नै दान गरेको थियो ।
    सो बाटोको आफनै खर्चले भएपनि स्तरउन्नति गर्ने तयारीमा रहेका युबा निर्माण ब्यवसायी पुनको कोरोना महामारिका कारण मृत्यु भएको हुँदा उनको आत्माको शान्तिका लागि पुण्य तिथिमा स्थानीय युबा निर्माण ब्यवसायी रावतको अगुवाईमा उक्त बाटोमा ग्राभेल हालिएको छ।
    नेपाल बिद्यार्थी संघ बांके जिल्ला कार्यसमितिका सद्स्य समेत रहेका स्वर्गीय पुनको स्मृतिमा उनका बुवा हरि बहादुर पुन र आमाले मानखोला घाटमा एक कार्यक्रमका बिछ वर र पिपल रोपेको रावत बताएका छ्न । स्मृति सभामा नयाँ नामाकरण गरिएको भुपेन्द्र मार्गको स्तर उन्नति गर्न बैजनाथ ६का वडा अध्यक्ष समेत रहेका एमाले नेता भद्र बहादुर बस्नेतले बडा बाट ५ लाख बराबरको बजेट उपलब्ध गराउने प्रतिबद्धता जनायका थिए ।बैजनाथ ६ नेपाली काग्रेसका सभापति कमानसिह सुनारको अध्यक्षता भएको स्मृति सभामा कांग्रेस नेता देब बहादुर खत्री , देब बहादुर केसि , गगन खत्री ,डम्बर रावत मेघराज खड्का लगायतले स्वर्गीय पुनको स्म्रण गर्दै बोलेका थिए ।

  • २० जेष्ठ २०७८, बिहीबार ०९:३८ प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ३. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ४. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ५. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • ६. बाँकेमा संक्रमण घट्यो, संक्रमण चेन टुटेन,फेरि संक्रमण फैलिने चिकित्सकहरुको चिन्ता
  • ७. बिद्रोह गर्दा कमैयामाथि जमिन्दारले बर्साउँथे गोली, खलियानमा गरिएको थियो महिलासहित ६ को हत्या
  • ८. पक्की सडक माग्दा गुलरियाका मेयरद्धारा महिलामाथि दुव्र्यहारको आरोप (भिडियो)
  • ९. बाँके, बर्दियाका कुन नदीमा कति बाढी ?
  • १०. गणतन्त्रको १३वर्षः कम्रेडहरुले बिर्से बलिदानी दिएको गाउँ