किसानहरुलाई कृषि समाग्री हस्तान्तरण - Dastabej

किसानहरुलाई कृषि समाग्री हस्तान्तरण


  • दस्तावेज

  • नेपालगन्ज । बेलासपुर करमोहना स्मार्ट कृषि गाउँ कार्यान्वयन समिति नेपालगन्ज १२ बेलासपुरले समितिमा आबद्ध किसानहरुलाई कृषि समाग्री हस्तान्तरण गरेको छ । समितिको कार्यालय बेलासपुरमा कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालको रोहबरमा किसानहरुलाई कृषि समाग्री हस्तान्तरण गरिएको बेलासपुर करमोहना स्मार्ट कृषि गाउँ कार्यान्वयन समितिका संयोजक प्रमात्मा प्रसाद बर्माले बताए । उनका अनुसार अनन्द कुमार बर्मा र जमुनादेबी बर्मालाई एक एक वटा पावर टिलर, कमला रैदासलाई रिपर, दरबारी चिडिमारलाई होन्डा पम्पीसेट बितरण गरिएको छ, भने अन्य किसानहरुलाई ६ क्विन्टल डेलिभरी पाइप र १२ वटा लालटेन मोटर गरी ९ लाख ४२ हजार बराबरको कृषि समाग्री बितरण गरिएको छ । कृषि समाग्री हस्तान्तरण गर्दै कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले आम नागरिकले देख्ने गरी खेतीमा परिवर्तन हुनुपर्छ । यसका लागि कृषकहरुले ३ सिजनमा खेती गर्नु पर्छ । प्रमुख ढकालका अनुसार बजार नजिक भएकाले व्यवसायिक रुपमा अन्न र तरकारी खेती गरी किसानहरुले तोकिएको लक्ष्य पुरा गर्न सक्नु पर्छ । यस्तै कृषि ज्ञान केन्द्र बाँकेका योजना अधिकृत जिवन कुमार केसीले कृषकहरुलाई बितरण गरिएको समाग्रीको सही सदुपयोग हुनु पर्ने बताए । यसले कृषकहरुको खेतीमा परिवर्तन ल्याउन सके मात्रै उद्देश्य प्रप्ति हुने उनले बताए । बेलासपुर करमोहना स्मार्ट कृषि गाउँ अन्र्तरगत अहिले ५७ बिगहामा खेती हुदै आएको छ । जसमा ७० घरधुरीका ४ सय ८० जना जोडिएका छन् । समितिका संयोजक प्रमात्मा प्रसाद बर्माका अनुसार बाँझो खेतबाट शुरु गरेको खेतीमा अहिले सबै किसानले आधुनिक प्रबिधिबाट खेती गरिरहेका छन् । उन्नत जातको बिउ, मल,.प्रबिधिक सिप, बिषादी प्रयोग गरेर उत्पादनमा तेब्बर बृद्धि भएको उनले बताए । बेलासपुर करमोहना स्मार्ट कृषि गाउँ कार्यन्वयन समितिले धान, गहुँ, मकै, आलु मुख्य बाली र तोरी, प्याज, च्याउ सहायक बालीको रुपमा खेती गरी रहेको छ ।समितिले यो तेस्रो आर्थिक बर्षमा ५० लाखको योजना माग गरेको थियो । जसमा ३० लाख कृषि ज्ञान केन्द्र र २० लाख समितिले लगानी गरेको समितिका सचिव रामु चिडिमारले बताए । यो आर्थिक बर्षमा करिब ३६ लाख बराबरको समाग्री बितरण गरिसकेको समितिका सहजकर्ता मनिसा यादवले बताइन् । सहजकर्ता यादवका अनुसार जलबायु स्मार्ट, सिचाई स्मार्ट, प्रबिधि स्मार्ट, बजार स्मार्ट, पोषक तत्व स्मार्ट लगायत्का अधारमा कृषकहरुलाई कृषि समाग्री हस्तान्तरण गर्दै आएको छ । समितिले अवश्यकताका अधारमा प्रत्येक बर्ष किसानहरुलाई कृषि समाग्री बितरण गर्दै आएको छ ।

  • २१ जेष्ठ २०७८, शुक्रबार ११:३८ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ७. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता