नेपालगन्ज । गर्मी सुरु भएसंगै कोहलपुर क्षेत्रमा खानेपानीको हाहाकार हुन्छ । धारा सुक्छन् । कुँवा उहिल्यै हराईसके । तर धेरै भएको छैन, त्यही कोहलपुर नगरपालिकाका चुरेसंग छोएका गाउँहरुमा २५।३० वर्ष अघि गाडिएको धाराबाट आफै पानी बग्थ्यो । धारा चलाउँनै पर्थेन । कारण थियो, चुरे । तर चुरे अतिक्रमण सुरु भएसंगै कोहलपुर नगरपालिकामा खाने पानीको हाहाकार हुन थालेको हो । कोहलपुरको बरदहवा, बैजनाथ गाउँपालिकाको चिसापानी, मकै बारी, कोहलपुरको महदेवा, भहरैया, चपरगौडी, पेडारी, चन्हवा गाउँका धारामा आफै पानी बग्थ्यो । हाल चुरे क्षेत्र कंक्रित बनदै गएकोछ । कोहलपुरको जंगलमा ठूलाठूला गाउँ बिस्तार भइसकेका छन् । त्यति बेला बस्ती निकै कम थियो । कोहलपुर चौरहवा उत्तर,पुर्ब र पश्चिम जंगल थिए । ति सबै सखाप भइसकेको छ । ‘१०÷१५ फिट गहिरो खन्यो कि पानी आउँथ्यो । अहिले सय फिट गहिरोमा धारा गाड्दा पनि पानी आउँदैन,’ कोहलपुरका भुक्तभोगी दुलारे चौधरी भन्छन्,‘आफै रातदिन पानी बग्ने धाराबाट हाल पानी बग्न छोेडेको छ ।’ कोहलपुर क्षेत्रमा बस्ती बिस्तार तिब्ररुपमा भइरहेको छ । शहर बस्नु अघि डाँडा थिए । स्याल कराउँथे । वातावरणमा खासै प्रदुषण भएको थिएन । तर बस्ती बिस्तारंगै कोहलपुर क्षेत्रको जंगल, र बैजनाथका चुरे क्षेत्रमा मान्छेको प्रवेश पाएको छ । चुरेहरु खनिएर बस्ती बसेको छ । त्यसको प्रत्यक्ष असर वातावरणमा परेको छ । खानी पानीको मुहान सुक्दै गएको छ । चुरे र बाँके राष्ट्यि निकुन्जसंज जोडिएका कारण कोहलपुरले आफूलाई हरित नगरपालिका मान्दै आएको छ । तर कोहलपुरका चुरे क्षेत्रमा भने अझै पनि अतिक्रमण रोकिएको छैन । डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत गणेशबहादुर खडकाले चुरे विनास भएकै कारण यस्तो समस्या आएको स्वीकार छन् । ‘चुरे विनासपछि पानी आउँदैन । पानी पर्ने ठाउँमा पानी पर्दैन,’ उनले भने,‘मानवले आवश्कताभन्दा बढी दोहन गरेकाले दिनप्रतिदिन वातावरीणय समस्या थपिदै गएको हो ।’ यो वर्ष संयुक्त राष्ट् संघले (इकोलोजीकल री स्टोरेज) परिस्थिकीय प्रणालीको पुर्नस्थापना नारा तय गरेर शनिवार बिश्व वातावरण दिवस मनाउने निर्णय गरेको छ । त्यही अनुसार बिश्वभरी वातावरण लिवस मनाई रहेकाछन् ।
चुरे बारे जानकार डिभिजन वन कार्यालय बा“केका सहायक वन खडकाले त्यस क्षेत्रमा चुरे विनास भएका कारण पानीको मुहान सुकेको बताए । उनका अनुसार चुरे संरक्षण हुँदा आकासबाट परेको पानी जमिनको सतहसम्म पुग्छ । चुरे विनास भएर नाँगै भयो भने आकासको पानी सिधै बगेर जान्छ । खोलानालामा पानी बगेर जान्छ । तर चुरेलाई रुखबिरुवाले ढाक्यो भने पहिरो जांदैन । रुखबिरुवाले आकासको पानी जमिनको सतहसम्मै पु¥याउछ । र, त्यो पानीले तराईलाई रिचार्ज गर्छ । ‘जहाँ चुरे संरक्षण भएको छ । त्यस क्षेत्रमा पानीको कुनै समस्या नै हुँदैन । किन भने चुरेले तराई रिचार्ज गरेको हुन्छ,’ उनले भने,‘पीउने पानीको समस्या समाधान गर्न आसपास क्षेत्रका चुरेको संरक्षण गर्न आवश्यक छ ।’