बर्दिया । टीडीएच फाउन्डेसनको आर्थिक सहयोगमा गेरुवा ग्रामिण जागरण संघ बर्दियाको साझेदारीमा प्रयास टु परियोजना अन्तरगत महिलाहरुका लागि प्याड फाल्ने डस्टबीन बितरण गरेको छ । आईतबार बढैयाताल गाउँपालिकाका बिद्यालय, हेल्थपोष्टहरुमा डस्टबीन वितरण गरेको हो । परियोजनाका सुपरभाईजर बिनिता घिमिरेले उक्त सामाग्री हस्तान्तरण गरेकी हुन । उनले कोभिडका विरामीका लागि स्वास्थ्य संंस्था र बिद्यालयका छात्राहरुका लागि डस्टबीन सहयोग गरेको बताईन । यसैगरी बढैयाताल गाउँपालिका ५ स्थित श्री नेपाल राष्ट्यि इन्दीरा भुसाल माबि बढैयालाई पनि ७ थान डस्टबीन सहयोग गरेको छ । उक्त सामाग्री बिद्यालयका प्रधानाध्यापक गंगा चौधरीले बुझ्दै सहयोग गरेकोमा धन्यबाद दिईन । गेरुवाले यसअघि उक्त बिद्यालयमा छात्रा शौचालय निमार्ण गरेको छ ।