नेपालगन्ज । स्वास्थ्यकर्मीलाई कुटपीट गर्नेलाई ५ वर्ष कैदको माग गर्दै प्रदर्शन गरी रहेका भेरीका चिकित्सक र स्वास्थ्यकर्मीहरुले राष्ट्पतिद्धारा ल्याईको स्वास्थ्य अध्यादेशको स्वागत गरेका छन् । अध्यादेशमा स्वास्थ्य संस्थामा आगजनी गर्र्नेलाई २ देखि ५ वर्ष कैद वा २ लाखदेखि ५ लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानि÷नोक्सानी पु¥याएमा र स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यर त कर्मचारीलाई कुटपिट वा शारीरिक चोट पु¥याएमा ३ वर्षसम्म कै वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान समेटिएको छ । संघ, प्रदेश र स्थानीय तहमा रहेका सर कारी, निजी, गैर सरकारी र सरकारबाट अनुमति लिएर सञ्चालित सबै किसिमका स्वास्थ्य संस् ा र त्यहाँ कार्यरत कर्मचारीको सुरक्षाको ग्यारेन्टी गर्न अध्यादेश ल्याएको सरकारले जनाएको छ । पछिल्लो पटक कोरोराना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सञ्चालित क्वारेन्टाइन, आइसोलेसन र होल्डिङ सेन्टरलाई पनि यो दायराभित्र राखिएको छ । मन्त्रिपरिषद्बाट स्वीकृत स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश–२०७८’ आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएको हो ।
कोरोना संक्रमणको उपचारमा संलग्न स्वास्थ्यकर्मीमाथि भेरी अस्पतालमा कुटपिट भएपछि संलग्न अभियुक्तमाथि कडा सजाय हुनुपर्ने माग उठेको थियो । पछिल्लो पल्ट कोरोना संक्रमित दांगका डिल्ली रावतको उपचारका क्रममा मृत्यु भएपछि उनका भाई र छोराले आइसीयुमा तोडफोड गर्नुका साथै लखेटीलखेटी आक्रमण गरेपछि चिकित्सकसहित स्वास्थ्यकर्मीहरु प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले स्थानीय प्रशासनले आक्रमणकारीहरुलाई हदैसम्मको कारवाही र सुरक्षा दिन नसके विरामीहरुको उपचार गर्न नसक्ने अडान राखेपछि भेरीमा सुरक्षा बढाइएको हो । सुरक्षा समितिको बेठकको निर्देशमा शनिबारदेखि भेरी अस्पतालमा जिल्ला प्रहरी कार्यालय बा“केले प्रहरी नायव निरिक्षक (सई ) तोजेन्द्र विसिको कमाण्डमा दुई प्रहरी सहायक निरिक्षक (असई) सहित २५ जना प्रहरी खटाएको छ । यसअघि उक्त अस्पतालमा हबल्दारको कमाण्डमा दुई जना प्रहरी तैनाथ हुने गरेका थिए । एक सर्य, दुई असईसहितको प्रहरी टोलीले अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, नर्सलगायतलाई सुरक्षा दिने छ । बा“के प्रहरी प्रमुख प्रहरी उपररीक्षक (एसपी) ओम रानाले भेरी अस्पतालको पूर्ण सुरक्षाका लागि सईको कमाण्डमा २५ सुरक्षाकर्मी तैनाथ गरिएको जनाए । उनले अस्पतालमा झगडा, दुव्र्यहार र आक्रमण गर्नेलाई तत्काल सुरक्षाकर्मीले नियन्त्रणमा लिने गरी सुरक्षा व्यवस्था मिलाएको बताए । ‘शनिबारदेखि नै सुरक्षा दिने गरी प्रहरी तैनाथ भइसकेको छ । अस्पताल परिसर र भित्र प्रहरी परिचालित हुने छन्,’ उनले भने,‘स्वास्थ्यकर्मी, चिकित्सकलगायतका अस्पताल कर्मचारीहरुले ढुक्क भएर काम गर्नुस । सुरक्षाको जिम्मा हाम्रो भयो ।’ उनका अनुसार अस्पतालका सबै कर्मचारीहरुको सुरक्षाका लागि भित्र २४ घण्टा प्रहरी परिचालन गरिएका छन् ।