एमाले नेपाल समूहका १७ सांसदको मतले सुदूरपश्चिमका मुख्यमन्त्री भट्टको निरन्तरता – Dastabej

एमाले नेपाल समूहका १७ सांसदको मतले सुदूरपश्चिमका मुख्यमन्त्री भट्टको निरन्तरता


  • दस्तावेज

  • धनगढी— नेकपा एमालेको माधव नेपाल पक्षधर १७ र माओवादी केन्द्रका १३ सांसदले पक्षमा मतदान गरेपछि सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको पद जोगिएको छ । मुख्यमन्त्री पदका लागि मंगलबार प्रदेशसभामा भएको मदतानमा उनले विश्वासको मत प्राप्त गरेका हुन । जसपाका २ र एमालेका ७ सांसदले विपक्षमा मत दिए। सुदूरपश्चिम प्रदेशमा ५२ सदस्य छन् । मुख्यमन्त्री भट्टले ३० सांसदले सरकारको पक्षमा मत दिए। विपक्षमा ९ मत परेको छ । बहुमत सिद्ध गर्नका लागि २७ मत आवश्यक पर्थ्यो । एमतदानमा ५२ जना सांसद नै उपस्थित थिए । कांग्रेसका १२ जना सांसद भने मतदानमा सहभागी नभएको सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए । कांग्रेसले भने ‘नो भोट’ को नीति लिने तर मुख्यमन्त्रीलाई मत नपुग्ने अवस्थामा उनको पक्षमा मतदान गर्ने निर्णय लिएको थियो । माओवादी केन्द्रका १३ सांसद रहेकामा एमाले संसदीय दलले समेत समर्थन गर्ने निर्णय गरेपछि भट्टको मुख्यमन्त्री पद जोगिएको हो ।प्रदेशसभामा सभामुखबाहेक एमालेका २४ जना सदस्य छन् ।

  • २५ जेष्ठ २०७८, मंगलवार १४:५८ प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ३. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ४. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ५. विपदमा सहयोगी विमल
  • ६. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • ७. आँखै अगाडि छटपटिएर मृत्यु भएको देख्दा रुन्छन् कोरानाका विरामी र कुरुवा
  • ८. बिद्रोह गर्दा कमैयामाथि जमिन्दारले बर्साउँथे गोली, खलियानमा गरिएको थियो महिलासहित ६ को हत्या
  • ९. गणतन्त्रको १३वर्षः कम्रेडहरुले बिर्से बलिदानी दिएको गाउँ
  • १०. काँखमा रहेकी ३ वर्षकी छोरीसहित हात्तीले पछारेपछि आमाछोरीको मृत्यु