अन्नको भण्डार बन्यो बगर – Dastabej

अन्नको भण्डार बन्यो बगर

करिव २५ किलो मिटर लम्बाई र तीन किलो मिटर पुर्बपश्चिमको बीचमा पर्ने सबै खेती योग्य जग्गा बगरमा परिणात भइरहेको छ ।


  • दस्तावेज

  • बाँके — राप्ती नदीको कटान नियन्त्रण गर्न भारतका्े सहयोगमा पक्की तटबन्ध गर्ने सुनेको दशक बढी भयो । कटान भने नियमित जारी छ । खासमा बर्षा सुरु भएपछि बढी कटान हुने गरेको हो । बर्षा सुर भएसंगै कटानको त्रास स्थानीयमा बढ्न थालेको छ । ‘यही खेतमा ८०÷९० क्विन्टल धान फल्थ्यो । हिउँदमा गहु, मसुरो, तोरी प्रसस्त उत्पादन हुन्थ्यो । हामी किसान मालामाल थियौँ,’ नरैनापुरका हसन बेहना भन्छन्,‘ती दिन हाल सपनाजस्तै भएका छन् । दुबै सिजनमा बाली हुने खेत कि मरुभुमी बनेका छन् कि नदी बगिरहेको छ ।’
    राप्तीले त्यहाँका किसानको दिन बिगारेको हो । एक दशक अघिसम्म त्यस क्षेत्रलाई अन्नको भण्डार मानिन्थ्यो । बेहना पनि त्यहाँको राम्रै किसानमा गनिन्थे । तर, उनको अढाई विगहा जग्गा कटान भएर नदीको भाँगलोमा परेको छ । बाँकी रहेको केही जग्गामा धान रोप्दै आएका थिए तर कटान हुने क्रममा छ । ‘बचेको जग्गामा धान लगाउँथ्यो । त्यो पनि कटान हुँदै छ । जग्गाका मालिक भनाउने हामी भोकभोकै पर्ने अवस्था आएको छ,’ बेहनाले भने,‘ हाम्रो हातमा केही बाँकी रहेन । अन्नको भण्डार मानिने हाम्रा खेत बगर बनिसके ।’ मटेहीयाकै बुकरे पासी, हसन बेहना, भुलन बेहना र अतिरजा बेहनालगायतका सयौँ किसानको अवस्था त्यस्तै छ । राप्ती नदीले उनीहरुको पुरानो दैनिकीमा आकासजमिनको अन्तर ल्याइ दिएको छ । त्यहाँका किसान जग्गाका मालिकबाट भूमिहिनमा झर्दै छन् । फत्तेपुरदेखि मटेहीयासम्मका सयौँ विगहा जग्गा डुबान, कटान र पटानमा पर्दै आएका छन् । ‘२ विगहा जग्गामा खेती गर्दा अन्न प्रसस्त हुन्थ्यो । केही बिक्री ग¥थ्यो अहिले मजदुरी गर्ने दिन आइसक्यो,’ उनले भने,‘१० वर्षअघि नदी पश्चिम तर्फबाट बग्दासम्म ठिकै थियो । हाल गाउँमै आइसक्यो । स्थानीय घर खेतबिहिन हुने क्रम बढ्दो छ ।’

    फत्तेपुरदेखि मटेहीया, कटकुईयासम्म पुर्ब तर्फको र होलियाको पश्चिम तर्फको दायाँबायाँका खेती योग्य जग्गा कटानमा परेका हुन । त्यस्तै, फत्तेपुर र सिधन्वादेखि उत्तर तर्फको सयौँ विगहा खेती जग्गा बगरमा परिणत भइसकेका छन् । भारतीय पक्षले राप्ती नदीमा एकतर्फीरुपमा लक्ष्मणपुर बाँध र कलकलवा तटबन्ध निर्माण गरेपछि कटान, पटानको समस्या बढेको हो । डेढ दशक अघि सीमामा निर्माण गरिएको भारतीय तटबन्धका कारण करिव २५ किलो मिटर लम्बाई र तीन किलो मिटर पुर्बपश्चिमको बीचमा पर्ने सबै खेती योग्य जग्गा बगरमा परिणात गरिसकेको स्थानीय बताउँछन् । ‘नदी बस्ती र खेततिर सार्दै बर्षेनी जग्गा कटान गरिरहेका छ र सयौँ विगहा खेत नदीमा मिसिएको छ,’ राप्ती पीडित भुलन भन्छन्,‘खेती गरेर सबैथोक पुग्थ्यो । हाल परिवार पाःन मुस्किल भइसकेको छ ।’

    कृषि ज्ञान केन्द्रका अनुसार राप्ती नदीका कारण तटीय क्षेत्रका किसान भूमिहिन बन्दै गएको जनाएको छ । खेती योग्य कम हुँदै गएपछि त्यस क्षेत्रलाई खाद्य संकट क्षेत्रका रुपमा घोषणा गर्न स्थानीयले माग गर्दै आएका छन् । ‘सरकारले कि कटानको समस्या समाधान गरोस होईन भने खाद्य संकट क्षेत्रका रुपमा घोषणा गरियोस,’ स्थानीय अगुवा सौकत अलिले भने । बाँकेको पुर्बी दक्षिणमा पर्ने मटेहीया, सोनवर्षा, गंगापुरका स्थानीयको करिव १० हजार गिगहा बढी जग्गा राप्ती नदीले कटानर पटान गरेको स्थानीयको अनुमान छ । राप्ती नदीकै कटान र पटानका कारण होलियाका सयौँ जग्गाधनि भूमिहिन भइसकेका छन् । खेती योग्य जग्गा बगर भएपछि उनीहरु भुमिहिन बनेका हुन । साविक होलिया गाविसको रघुनाथपुर, सिम्राना र छिटैपुरवाका जग्गाधनिहरु भुमिहिन बनेका हुन । कटानकै कारण ती गाउँ पूर्णरुपमा विस्थापित भइसकेका छन् । होलिया क्षेत्रको करिव २ हजार विगहा जग्गा कटना र पटानमा परेको स्थानीयको दाबी छ । राप्ती नदीले कटान र पटान गरेको जग्गाको यकिन तथ्यांक सरकारी निकायसंग छैन । जग्गा कटान र पटान रोक्नका लागि नदीको दायाँबायाँ पक्की तटबन्धको माग उठ्दै आएको छ । भारतीय पक्षले लक्ष्मणपुर बाँधदेखि सिधन्वासम्म दुबै तर्फ पक्की तटबन्ध गरिदिने आश्वासन दिंदै आएको छ ।

     

     

  • २७ जेष्ठ २०७८, बिहीबार १२:३९ प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ३. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ४. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ५. विपदमा सहयोगी विमल
  • ६. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • ७. आँखै अगाडि छटपटिएर मृत्यु भएको देख्दा रुन्छन् कोरानाका विरामी र कुरुवा
  • ८. बिद्रोह गर्दा कमैयामाथि जमिन्दारले बर्साउँथे गोली, खलियानमा गरिएको थियो महिलासहित ६ को हत्या
  • ९. गणतन्त्रको १३वर्षः कम्रेडहरुले बिर्से बलिदानी दिएको गाउँ
  • १०. काँखमा रहेकी ३ वर्षकी छोरीसहित हात्तीले पछारेपछि आमाछोरीको मृत्यु