एक बिद्यालय एक नर्स कार्यक्रम बजेटमा छ, व्यवहारमा छैन – Dastabej

एक बिद्यालय एक नर्स कार्यक्रम बजेटमा छ, व्यवहारमा छैन


  • दस्तावेज

  • नेपालगन्ज । सरकारले नयाँ आर्थिक वजेटमा हरेक माध्यमिक बिद्यालयहरुमा एक नर्स राख्ने जनाउँदै आएपनि बाँके र बर्दियामा भने कार्यान्वयन हुनसकेको छैन । सरकारले गत वर्षमा पनि बिद्यालयमा स्टाफ नर्स राख्ने भन्दै बजेट समेत छुट्याएको थियो । विद्यालयबाटै बालबालिकालाई स्वास्थ्य तथा पोषण सम्बधमा सचेत गराउने, स्वस्थ, सफा, तथा सिकाइमैत्री वातावरण तयार गरिने, किशोर–किशोरीलाई यौन तथा प्रजनन स्वास्थ्यको बारेमा जानकारी गराइने तथा विद्यालयमा प्रवद्र्धनात्मक, प्रतिकारात्मक र उपचारात्मक स्वास्थ्य सेवा दिने उद्देश्यले सरकारले बिद्यालयमा स्टाफ नर्स राख्ने कार्यक्रम ल्याउने गरेको छ । त्यसैगरी, विद्यालयमा नर्स भएको खण्डमा विद्यालयमा रहेको वेलामा विद्यार्थीमा एक्कासि हुन सक्ने स्वास्थ्यसम्बन्धी समस्याको प्राथमिक उपचारका लागि सजिलो हुने बिश्वास गरिएको छ । यौन तथा प्रजनन स्वास्थ्य, लैंगिक हिंसा, बालहिंसालगायतका विषयमा नर्सबाटै अध्ययन गराएको खण्डमा किशोरीहरू खुलेर कुरा गर्न सक्ने छन । बाँके र बर्दियाका स्थानीय सरकारले भने सरकारले बजेट नपठाएका कारण कार्यान्वयन हुननसकेको जनाएका छन् । नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्सेर राणाले सरकारले कार्यक्रम ल्याउने तर व्यवहारमा कार्यान्वयनका लागि प्रयास नभएकाले समस्या भएको बताउँछन् ।स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य निरीक्षक नरेश श्रेष्ठले केही पालिकामा कार्यक्रम लागु भएको तर जिल्लाभरी कार्यान्वयन हुन नसकेको बताउँछन् । उनले भने, नेपालगन्ज उपमहानगरमा यो कार्यक्रम छैन । तर नरैनापुर गाउँपालिकामा छ ।

     

  • २८ जेष्ठ २०७८, शुक्रबार १०:३१ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ६. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश
  • ७. नेपालिहरुलाई सताउंने १०जना नेपालगन्ज नाकाबाट पक्राउ