नरैनापुरमा १२१ ले कोरोनाबिरुद्धको खोप लगाए, ४१७ डोज फिर्ता – Dastabej

नरैनापुरमा १२१ ले कोरोनाबिरुद्धको खोप लगाए, ४१७ डोज फिर्ता

कोरोना भ्याक्सीनमा उत्साह जागेन


  • दस्तावेज

  • नेपालगन्ज । पहिलो चरणमा कोरोनाको हटस्र्पोट बनेको बा“केको दुगर्म मानिने नरैनापुर गाउ“पालिकामा लक्ष्य भन्दा निकै कम सर्वसाधारणहरुले कोरोना बिरुद्धको खोप लगाएका छन् । उक्त पालिकामा ६२ देखि ६४ उमेर समूहका ५ सय ३८ जनालाई कोरोनाबिरुद्धको खोप लगाउने लक्ष्य राखिएको थियो । बुधबार ४५ र बिहिबार ७६ जना गरी १२१ जनाले मात्रै कोरोनाको खोप लगाएको स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले बताए । ‘दुई दिन नै कमैले खोप लगाएका छन्,’ उनले भने,‘लक्षित उमेरका व्यक्तिहरुले खोप नलगाएपछि भ्याकेसीन फिर्ता पठाउ“छौ । यहा“ राख्ने ठाउ“ छैन ।’ तोकिएको उमेर समूहले खोप नलगाउने तर अन्य उमेर समूहलाई खोप दिन निर्देशन नभएकाले बचेको खोप फिर्ता गर्ने उनले जनाए । उक्त गाउ“पालिका भारतको सीमासंग जोडिएको छ । खोपको महत्व नबुझेका कारणले कम व्यक्तिले खोप लिएका हुन । मधेसी र मुस्लिम समुदायको बाक्लो उपस्थिती रहेको पालिकामा स्वास्थ्य सचेतना कम छ । पहिलो चरणको कोरोनाको लहरमा डेढ सय बढी ंसंक्रमित भएका थिए । एक जना युवकको बिद्यालयमा बनाइएको क्वारेन्टाईनमा उपचार नपाएर मृत्यु भएको थियो । कोरोना संक्रमण नियन्त्रण भन्दा बाहिर गएपछि पालिकाले केन्द्रीय सरकारलाई गुहारेको थियो । पालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक र स्वास्थ्यकर्मी थपेर कन्ट्याक्ट टे«सिङ गरी धमाधम पीसीआर परीक्षण गरेपछि कोरोना नियन्त्रण सम्भव भएको थियो । पहिलो चरणको सुरुवातीमा कोरोना संक्रमण झेलिसकेका स्थानीयले सजिलै खोप लगाउने विश्वास स्वास्थ्यकर्मीहरुको थियो । ‘खोई किन हो स्थानीयले खोप लगाउन चाहेका छैनन्,’ स्वास्थ्य शाखा प्रमुख साहले भने ।
    तर अन्य पालिकाहरुमा पठाइएको खोप लगाएर सकिएको छ । मधेसी बहुल जानकी गाउ“पालिकाले पाएको ५ सय ३८ थान खोप बुधबार नै सकिएको प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले बताए । त्यस्तै नेपालगन्ज उपमहानगरपालिकाले पाएको २ हजार ५० खोप बिहिबार लगाएर सकिएको छ । स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले लक्षित उमेर समूहका सर्वसाधारणहरुले सहजै खोप लिएको बताए । ‘हाम्रो म कुनै समस्या भएन । सबै वडामा पठाइएका खोप लगाएर सकिएको छ,’ उनले भने ।

     

  • २८ जेष्ठ २०७८, शुक्रबार १२:०७ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर
  • ७. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु