‘हटस्पट’ मा घट्यो संक्रमणको ग्राफ – Dastabej

‘हटस्पट’ मा घट्यो संक्रमणको ग्राफ


  • दस्तावेज

  • नेपालगन्ज — नेपालगन्जस्थित भेरी अस्पतालको कोभिड वार्डका दुई सयमध्ये बिहीबार साँझसम्म १ सय ५ बेड खाली थिए । त्यस्तै नेपालगन्ज मेडिकल कलेजको कोभिड वार्डका १ सय ३० मध्ये ९७ र वेस्टर्न अस्पतालका १६ मध्ये १४ बेड खाली भएको छ । युनाइटेड अस्पतालले कोरोना संक्रमितका लागि छुट्याएका १५ बेड पनि खाली छन् । संक्रमणको दोस्रो लहर सुरु भएपछि हटस्पट बनेको जिल्लामा दुई साताअघिसम्म बिरामीले बेड सजिलै पाएका थिएनन् । भेरी अस्पतालमा चाप थेग्न नसकेर परिसरमा पाल टाँगेर उपचारको अस्थायी व्यवस्थापन गरिएको थियो । सरकारी र निजी अस्पताल संक्रमितले भरिभराउ थिए । अहिले बाँकेका अस्पतालमा संक्रमितको चाप स्वाट्टै घटेको छ । स्थानीय तहले बनाएका आइसोलेसन पनि रित्तै छन् । बिरामीले बेड नपाएर छटपटिनुपर्ने अवस्था हटेको छ । ‘पछिल्लो समय संक्रमण कम हुँदै गएको देखिन्छ । लामो अवधि निषेधाज्ञाका कारण भीडभाड घट्दा यस्तो भएको हुनुपर्छ,’ जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक नरेश श्रेष्ठले भने, ‘शंका लागेर परीक्षण गराउनेमध्ये पनि पहिलेभन्दा कममा संक्रमण देखिन थालेको छ ।’

    यसअघि परीक्षण गर्दा ८३ प्रतिशतसम्मलाई कोरोना संक्रमण देखिने गरेको थियो । संक्रमण नियन्त्रणबाहिर गएपछि जिल्लाभरि जारी निषेधाज्ञा अझैसम्म हटाइएको छैन । गत वर्ष पनि लकडाउन र निषेधाज्ञा जारी गरिएपछि कोरोना नियन्त्रणमा आएको थियो । असारमा खेतीपातीको काम सकिएपछि फेरि लापरबाही गर्दा दोस्रो चरणको संक्रमण नियन्त्रणभन्दा बाहिर गएको थियो । ‘अझै पनि सावधानी नअपनाउने हो भने कोरोनाको संक्रमण काबुभन्दा बाहिर जान बेर छैन । त्यसैले बिरामी घटे भन्दैमा लापरबाही गर्नु हुँदैन,’ भेरी अस्पतालका वरिष्ठ फिजिसियन तथा कोरोना स्रोत व्यक्ति डा. संकेत रिसालले भने, ‘तथ्यांकमा घटेको देखिन्छ तर पूर्णरूपमा नियन्त्रणमा आइसकेको अवस्था होइन ।’ उनका अनुसार संक्रमण दर कम्तीमा ५ प्रतिशतभन्दा कम भए नियन्त्रण भएको मान्न सकिन्छ ।’ संक्रमण दर अझै पनि ५ प्रतिशतभन्दा बढी रहेकाले ढुक्क हुन सक्ने अवस्था नभएको उनले बताए ।जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार संक्रमण कम हुँदै गएपछि होम आइसोलेसनमा बस्नेको संख्या पनि घटेको छ । नेपालगन्जका ७०, कोहलपुरका ४७, बैजनाथका २३, खजुराका १२, जानकीका १०, राप्ती सोनारीका ३७, डुडवाका ४६, नरैनापुरका २ जनागरी २ सय ४७ जना होम आइसोलेसनमा छन् । यहाँका अस्पतालमा उपचार गराएकामध्ये बाहिरी जिल्लाका ३ सय २८ समेत गरी ६ सय ३३ को मृत्यु भएको छ ।
  • २९ जेष्ठ २०७८, शनिबार १२:१७ प्रकाशित

  • Nabintech
  • १. डुडुवा खोलामा पौडी खेल्ने क्रममा बाँके नेपालगन्जका तीन युवाको मृत्यु
  • २. टोकियो ओलम्पिकः जुडोमा बाँकेकी सोनिया रुसकी इरिनासंग भिड्डै, जित सोनिया जित
  • ३. नेपालगन्ज मेडिकल कलेजको डेढ अर्बको शेयर किन्ने सुनिल शर्मा को हुन ?
  • ४. मजुदरी गर्न महिलाहरुद्धारा दैनिक ४० किमी साईकिलिङ
  • ५. कोहलपुरमा ८२ बर्षीया बृद्ध महिलाको हत्या घटना,प्रहरी अनुसन्धानले भन्छः ‘बदला लिन’
  • ६. नेपालगन्ज नाका भएर भारत पसेका साढे तीन सय महिला हराए
  • ७. दिलवाले नेपालगन्जः जसले सल्यानी र दैलेखीलाई मुटुमै सजाएर राख्यौ