नेपालगन्ज । जनताबाट निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो बिचार राख्दा संयमता गुमाउँदा विवादमा तानिने गरेका छन् ।
१) प्रतिनिधिसभा सदस्य तथा एमाले नेपाल पक्षका नेता रामकुमार झाँक्री आफैले दिएको अभिव्यक्तिले पक्राउ समेत परेकी थिईन । २०७७ माघ १९ गते उनलाई प्रहरीले पक्राउ गरेको थियो । त्यसअघि झाँक्रीले गोरखाको कार्यक्रममा भनेकी थिइन्, ‘राष्ट्रपतिका कुरा त के गर्नु ? म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु, निर्वाचनको तयारीका लागि सुखसुविधा ऐश–आराम छाडेर शितलनिवास छाडेर पहिला कोटेश्वरमा आउनुस्, चाबहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुन्या छु, होइन भने बालकोटै गएपनि हुन्छ। नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो, त्यसको तयारी गरेर सन्देश पठाउनुस्, तपाईंसँग म पनि भारी हुन्छु।’
२) त्यसैगरी शुक्रबार नेपाली कांग्रेस वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्रीबिरुद्ध अराजक अभिव्यक्ति बोलेका थिए । प्रधानमन्त्री पद जोगाइराख्नका लागि मुलुकलाई नोक्सानी हुने गरी अनावश्यक सम्झौता गरेको आरोप लगाएका थिए र्। ओली यसरी आइराख्या छ सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरेको छ, त्यसपछि वैद्यले भनेका थिए, खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । कोही नाथुराम गोड्से आवश्यकता पर्यो अब, यो देश बचाउनका लागि । कोही नाथुराम गोड्से बन्न तयार छैन भने म बन्ने कि ? संसदीय मर्यादाविपरीतको अभिव्यक्ति दिएपछि चौतर्फी आलोचित भएका उनी शनिबारको प्रदेशसभाको बैठकमा आत्मलोचनासहित माफी मागेका छन् ।
३) नेपाली कांग्रेस वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यको आलोचना भइरहेका बेला दांगका प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीले सामाजिक सन्जालमै दिएको बिचारले बिवादीत बनेका छन् । उनको सामाजिक सन्जालमै चर्को बिरोध भइरहेको छ । उनले भनेका छन, माननीय नरोत्तमको अभिब्यक्ति सबैलाई अप्रिय लाग्यो तर सत्य पनि हो । नेपाली मनोबिज्ञानलाई बाग्मति प्रदेशको रोष्टमबाट बोलिएको बिषयमा धेरैले आलोचना गरिरहे पनि तितो सत्य उजागर गर्नु भएकोमा धन्यवाद भन्न चाहन्छु । यसैले वहाँले न माफि माँग्नु पर्दछ न त पश्चाताप । बरू हामि शासक भनिनेहरू नै प्रणालि ध्वस्त गर्ने बिषयमा ख्याल गरौ, संविधान मिचेकोमा पश्चाताप गरौ । अदालतले बेठिक ठहर गरेको बिषयमा सार्वजनिक रूपमा जनताहरूसँग माफि मागौ र आगमि दिनमा गल्ति नगर्ने बिषमा प्रतिबद्दता जाहेर गरौ । अतः अब जनताहरूका मनोबिज्ञान बुझौ, सो अनुसारको व्यवहार र आंचरण देखाऔ। जनताहरूका मन जितौ, गुमेको साख उठाऔ । कसैसँग बदलाको भाव नराखौ । यसैमा हामी सबैको कल्याण हुन्छ ।