बिद्रोह गर्दा कमैयामाथि जमिन्दारले बर्साउँथे गोली, खलियानमा गरिएको थियो महिलासहित ६ को हत्या – Dastabej

बिद्रोह गर्दा कमैयामाथि जमिन्दारले बर्साउँथे गोली, खलियानमा गरिएको थियो महिलासहित ६ को हत्या


  • ठाकुरसिंह थारु

  • बर्दिया । शोषण र दमनका बिरुद्ध हुने बिद्रोहको अगुवाई दुई थरीले गरे । एक कमैयामाथि भइरहेको दमन देखेर सह्न नसक्ने पढेलेखेका तर हुनेखाने युवा । दोस्रो सचेत भएपछि शोषित कमैया आफैले । जननेता स्वर्गीय राधाकृष्ण थारु नामक पुस्तकमा बर्दियाबाट २००१ बाट सुरु भएको कमैया मुक्तिको अन्दोलनको क्रान्ति पश्चिम तराईको दांग, कन्चनपुर र कैलालीमासमेत पुगेको उल्लेख छ । ५७ वर्षको लामो निरन्तर संघर्षपछि २०५७ साउन २ गते सरकारले कमैया मुक्तिको घोषणा ग¥यो । बि.स. २००१ मा राणा शासन थियो । त्यसअघि बि.स १९१४ मा भारतमा भएको सिपाही विद्रोहको समस्या समाधान गर्न तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले इष्ट इण्डिया कम्पनीलाई सहयोग गरेका थिए । त्यसबापत इष्ट इण्डियाले बि.सं १८७३ को सुगौली सन्धिबाट गुमेको भूभाग मध्ये बि.सं १९१७ मा बाँके, बर्दिया, कैलाली, कन्चनपुर नेपाललाई पुरस्कार स्वरूप फिर्ता आएकोले गरे । त्यसयता राणाहरुले बर्दियालाई आफ्नो बिर्ताका रुपमा प्रयोग गर्थे । कमैया बिद्रोहको सुरुवात बर्दिया गुलरिया कोठीया गाउ‘का स्वर्गीय राधाकृष्ण थारुले बिस २००१ गरेको इतिहास छ ।
                                                                                   ६ जनाको हत्या (खलियानमा)
    कांंग्रेस र हुनेखाने पढेलेखेका युवाहरुले सुरुवात गरेको कमैया मुक्ति आन्दोलन भुसझै फैलिदै गयो । किसानहरुमा पनि चेत खुल्दै गयो । जमिन्दारहरुले गर्ने शोषणका बिरुद्ध उनीहरु पनि मोर्चामा लागे । ‘२००८ बैशाख १५ गते मानपुर टपराको बेलवा गाउँका जमिन्दार बिदुर नरसिंह राणाको खलियानमा किसानहरु जम्मा भई जग्गा कसको जोत्नेको नभए तीन भागको दुई भाग अन्न किसानले पाउनु पर्ने माग उठाए । जमिन्दारले प्रहरी प्रशासनसंग मिलेर कमैयामाथी दमन गरे । जमिन्दार बिदुरनरसिंह स्वयंमले पनि कमैयामाथि गोली बर्साए । उक्त गोली काण्डमा चापु, लक्ष्मीप्रसाद, पतिराम, डिबुवा, पेपुवा र कोईली थारु गरी ६ जनाको मृत्यु भयो । १७ जना घाईते भए,’ एक्सन एडद्धारा प्रकासित कमैया मुक्तिको लामो यात्राः एक संगालोमा उल्लेख छ ।
    कान्द्रा आन्दोलन
    कमैया मुक्ति आन्दोलनका लागि कान्द्रा आन्दोलन निकै चर्चित छ । यहाँ दुई पल्ट निकै ठूला कमैया आन्दोलन भए । २०२१ सालमा बर्दियामा जग्गा नापी भएपछि निकै ठूलो संख्यामा कमैयाले जग्गा गुमाए । जमिन्दारले आफन्त, नातागोतामात्रै होईन कुकुरको नाममा पनि जग्गा लुकाएको भन्ने गरिन्छ । जग्गा लुकाइएका कारण कमैया भूमिहिन हुँदै गए । उनीहरुको नजरमा तारातालको उत्तर तर्फ रहेको कान्द्रा फॉट प¥यो । ५ सय हेक्टर फाँटामा कमैयाहरु टहरा बनाएर बसे । तर शाही शिकार बनाउने भन्दै त्यहाँबाट कमैया लखेटिए । तर २०४६ सालको जनआन्दोलनपछि मुलुकमा प्रजातन्त्र आएपछि कान्द्रा फाँटामा फेरि पनि कमैयाहरु टहरा बनाए । करिव ३ हजार ५ सय टहरा बने । १५ हजार बढीको बसोबास भयो । कमैयाहरु एकात्रित भए । जग्गा प्राप्तीका लागि निरन्तर आन्दोलन सुरु गरे । तत्कालिन नेकपा (मार्र्कबादी) का अध्यक्ष मनमोहन अधिकारी पनि त्यहाँ पुगेका थिए । आन्दोलनमा कमैया काशीराम थारु (सांसदमा निर्वाचित । हाल मृत्यु भइसकेको), नेकपा एमालेका तत्कालिन जिल्ला सदस्य देवबहादुर राना( पछि जिल्ला सभापति भए, हाल मृत्युभईसकेको), कमैया रामबहादुर थारु (हाल वडा अध्यक्ष) ले नेतृत्व गरेका थिए । २०४९ मा सरकारले उक्त फाँटामा हात्ती लगाएर घर भत्काइयो । आगो लगाईयो । कमैयाहरु सदरमुकाम गुलरिया घेरे । ‘हाम्रो घर भत्काएपछि हजारौ हामी कमैयाले गुलरिया घेराउ गरेका थियो । सडकमा बस्यो । पछि सरकारले करिव १९ हजार कमैया रहेको बतायो । समस्या समाधान गर्ने प्रतिबद्धता जनायो । तर एक हजारमात्रैले जग्गा पाए,’ कान्द्रा आन्दोलनका एक अगुवा हाल बारबर्दिया नगरपालिका १ का वडा अध्यक्ष रामबहादुर थारुले भने,‘विभिन्न चरणमा आन्दोलनहरु भए । तर हालसम्म सबैले जग्गा पाउन सकेका छैनन् ।’रामबहादुर दांगबाट बिस्थापित भएर बर्दिया आएका थिए । कान्द्रा आन्दोलनपछि मात्रै सरकारले कमैयाको मुद्दा सुन्न थालेको देखिन्छ । सयौं कमैयाले त्यही फाँटमा जग्गा पाए ।कमैया आन्दोलनमा सहभागि मोतिपुरका जोखन चौधरीले बिद्रोहले नै मुक्ति सम्भव भएको बताउछन् । त्यसक्रममा थुप्रैले बलिदानी दिए । ‘घर बनाउने जग्गा नभएका कमैयालाई कम्तिमा घरबास भयो । पहिलो चरणकाले दुई÷तीन बिगहा नै पाए,’ उनले भने,‘त्यती बेलाको घटना सम्झिदा फिल्मजस्तो लाग्छ ।’
                                                                                                     ढोढरी बिद्रोह

    बर्दियामा कमैया आन्दोलनमा जंगली थारु र जग्गा पाण्डेको पनि योग्दान निकै ठूलो रहेको छ । तत्कालिन ढोढरी गाविस ३ माचडको हुलाकी सडक छेउको खाली जग्गामा बस्ती बसाए । माचड, डल्ला, खोक्ररहीयामा ९ हजार टहरा बनाईए । पछि बर्दिया राष्ट्रिय निकुन्जले अन्यत्र बस्ती सा¥यो । कान्द्रा कमैया आन्दोलनका तत्कालिन अध्यक्ष तथा ढोढरी कमैया बिद्रोहका अगुवा जग्ग पाण्डे भन्छन्,‘कान्द्रा आन्दोलनदेखि नै कमैया मुक्तिमा लागियो । धेरैले जग्गा पाए । तर केहीले जग्गा पाउन सकेनन् ।’

                                                                                               यसरी भए कमैया

    राणाहरुले इष्ट इण्डियाबाट बर्दिया फिर्ता हुनुअघि थारुको बसोबास थियो । उनीहरुको आफ्नै जग्गा थियो । तर राणाहरुले पुरुस्कारका रुपमा पाएपछि खेतिका लागि कर उठाउन सुरु गरे । ‘कर तिर्न नसकेर कतिपय थारुको जग्गा खोसियो । आम्दानीको स्रोत खेतिलाई बनाउन थाले । खेति गर्नका लागि कामदार खोज्न थालियो । त्यती बेला दांगका थारुमाथि शोषण चरम थियो । उनीहरु जमिन्दारको दमन सहन नसकेर बर्दिया आए,’ कमैया आन्दोलनमा लामो समयसम्म बिताएका बर्दियाका दिनेश श्रेष्ठ भन्छन्,‘यसरी कमैया प्रथाको सुरुवात भएको हो । लामो समयपछि उन्मुलन भयो ।’

  • ३० जेष्ठ २०७८, आईतवार ११:०३ प्रकाशित

  • Nabintech
  • १. डुडुवा खोलामा पौडी खेल्ने क्रममा बाँके नेपालगन्जका तीन युवाको मृत्यु
  • २. टोकियो ओलम्पिकः जुडोमा बाँकेकी सोनिया रुसकी इरिनासंग भिड्डै, जित सोनिया जित
  • ३. नेपालगन्ज मेडिकल कलेजको डेढ अर्बको शेयर किन्ने सुनिल शर्मा को हुन ?
  • ४. मजुदरी गर्न महिलाहरुद्धारा दैनिक ४० किमी साईकिलिङ
  • ५. कोहलपुरमा ८२ बर्षीया बृद्ध महिलाको हत्या घटना,प्रहरी अनुसन्धानले भन्छः ‘बदला लिन’
  • ६. नेपालगन्ज नाका भएर भारत पसेका साढे तीन सय महिला हराए
  • ७. दिलवाले नेपालगन्जः जसले सल्यानी र दैलेखीलाई मुटुमै सजाएर राख्यौ