बर्दिया । प्राकृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपाल बर्दियाले शनिवार बाँसगढी नगरपालिका ९ माछागढको कोरोना अस्थाई अस्पताल र बढैयाताल गाउँपालिकाका ३ सोरहवाको कोरोना अस्थाई अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । बाँसगढी नगरपालिकाको माछागाढ अस्पतालमा जिल्ला समन्वय समितिका सह संयोजक मान बहादुर बिष्टले बाँसगढी नगरपालिकाका मेयर शालिकराम अधिकारी र उपमेयर सुस्मा चौधरीलाई स्वास्थ्य समाग्री हस्तान्तरण गरेका थिए भने सोरहवा कोरोना अस्थाई अस्पतालमा जिल्ला समन्वय समितिका संयोजक शंकरप्रसाद चौधरीले बढैयाताल गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठ र स्वास्थ्य शाख प्रमुख बिष्णु पौडेललाई स्वास्थ्य समाग्री हस्तान्तरण गरे । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक शंकर प्रसाद चौधरी शेखरले कोरोना संग सरकारले जुझि रहेको बेलाका प्राकृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपालले गरेको स्वास्थ्य समाग्री सहयोगले थोरै भए पनि राहात पुगेको बताए । यो सहयोगले बिपद्ध संग लड्नका लागि सबैको साझेदारी हुनु पर्ने सन्देश समेत दिएको संयोजक चौधरीको भनाई थियो ।
यस्तै जिल्ला समन्वय समितिका सह संयोजक मानबहादुर बिष्टले कोरोना महामारीमा स्वास्थ्य समाग्री सहयोगले थोरै भए पनि सरकारलाई मदत पुगेको बताए । यस्तै बाँसगढी नगरपालिकाका मेयर शालिकराम अधिकारीले प्रप्त भएको स्वास्थ्य समाग्रीले कारोना बिरामीको उपचारमा सहयोग पुग्ने बताए । अगामी दिनमा थप सहयोगको आपेक्षा समेत अधिकारीले गरे । प्रकृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपालले दुबै कोरोना अस्थाई अस्पतालमा पल्स अक्सिमिटर, थर्ममिटर, सर्जिकल मास्क, फेस सिल्ड, झुल, स्टिमर, गम, अन्डा, साबुन लगायत् करिब २ लाख बढीको समाग्री हस्तन्तरण गरिएको केन्द्रका संयोजक मजिउल्ला खाँले बताए । यस अघि केन्द्रले गुलारिया नगरपालिकाको अति गरिब, बिपन्न परिवारलाई खाद्यन्न समाग्री समेत बितरण गरिसकेको छ । प्राकृतिक सोत द्धन्द्ध रुपन्तरण केन्द्र नेपालले जल जंगल जमिन संगको द्धन्द्ध रुपान्तरणमा बिगत लामो समय देखि काम गर्दै आएको छ । यो कोरोना महामारीको बेलामा मानबीय सेवा सम्झेर सरकारलाई थोरै भए पनि सहयोगमा टेवा पुर्याउने उद्देश्यका साथ सहयोगका कार्यक्रम गरिएको केन्द्र नेपालले जनाएको छ ।