कलयुगका श्रावण कुमार – Dastabej

कलयुगका श्रावण कुमार

सानो छोरा राजकुमार थारुले उनलाई दोरयाउदै गाउँगाउँमा भिक्षा मगाउदै आएका छन् ।


  • शम्भुप्रसाद थारु

  • बर्दिया । उनी जन्मजात दृष्टिबिहिन छिन् । उनको नाम हो, फुलकमारी थारु । उनी बर्दिया बढैयाताल गाउँपालिका ४ मानकिनार बस्तिमा बस्दै आएकीछिन् । सानो छोरा राजकुमार थारुले उनलाई दोरयाउदै गाउँगाउँमा भिक्षा मगाउदै आएका छन् । यसरी उनको दैनिकी चल्दै आएको छ । उनको दुई छोरा छन् । जेठो छोरा १५ बर्षको छ, भने कान्छो छोरा १० बर्षको छ । जेठो छोरा मानसिक आपङ्गता छ । सानोमा इन्सेफालाइटिस रोग लागे पछि राम्रो उपचार नपाउदा जेठो छोरा मानसिक आपङ्गता भएको उनको गाउँलेले बताउछन् । फुलकुमारीको श्रीमानको मृत्यु भएको एक दशक भयो । उनी आप्mनो पेट पाल्नका लागि गाउँगाउँमा मागेर खाने गर्दछन् । सानो छोरा राजकुमारले भन, कहिले कसो गाउँगाउँ जाँदा थकान समेत लग्छा । कोहीले राम्रोसंग दिन्छन् कोहीले नराम्रो संग दिन्छन् । बिभिन्न कुराहरु सोध्ने गर्दछन् । आप्mनो सबै कुरा भन्दा भन्दा नरामाइलो लाग्छ । गाउँगाउँ जाँदा सबैले हेर्ने र सोध्ने भएकाले लाज समेत लाग्ने गर्दछ ।
    श्रीमानको उमेर भन्दा करिब ३० बर्षको अन्तर थियो फुलकुमारीको उमेर । श्रीमान भन्दा निकै कान्छी भएकाले पनि फुलकुमारीको श्रीमान अगाडी बित्दा उनले धेरै दुःख भोग्नु परेको छ । हुन त श्रीमान हिडडुल गर्न नसक्ने भए पछि नै फुलकुमारीले छोरा र छोरीको सहाराले मागेर गुजारा गर्दे आएका थिए । मानकिनार बस्तिको एक छेउमा उनको सानो घर छ । बाँसको बारले बेरेको र पुरानो टिनले छाएको सानो घरमा फुलकुमारी र उनका दुई छोरा बस्दै आएकाछन् । उक्त घर पनि गाउँलेको सहयोग र श्रमदानबाट केही बर्ष अगाडी बनेको थियो । घरको ढोका र बार राम्रो नभएकाले फुलकुमारीले सर्प, बिच्छी, कुकुर, बिरालोको जोखिम त भोग्दै आएकी छिन् त्यो भन्दा पनि ठुलो समस्या के छ भने उनको घरमा लागुऔषध प्रयोगकर्ताहरु घरभित्र पसेर यौन दुरव्यहार गर्ने गरेको स्थानीयहरु बताउछन् । उनको दुःख देखेर शहरी बिकास आयोजनाले उनको घर बनाई रहेको छ । ४ कोठे घर बनाउनका लागि २ लाख ५० हजार शहरी बिकास आयोजना र बाँकी १ लाख पचास हजार घर धनीले बेहोर्ने छ । तर गाउँगाउँ मागेर खाने फुलकुमारीले १ लाख ५० हजार घरमा लगानी गर्न सक्ने हुनै सम्भावना नै छैन । तर पनि उनको घर बनाउनै पर्ने अवश्यकतालाई देखेर अहिले गाउँलेको श्रमदान, केही दाताहरुको ढुङ्गा, बालुवाले घर बनिरहेको छ । स्थानीय युवा फत्तेसिंह थारुका अनुसार जेनतेन घर बने पनि ढोका, भ्mयाल, प्लास्टर हुन बाँकी छ । यस्तै शौचालय, धारा पनि छैन । बढैयाताल गाउँपालिका ४ का वडा अध्यक्ष कर्णबहादुर थापाका अनुसार धेरै संघर्ष गरेर घर बनाई रहेको बताए । तै पनि धेरै समाग्रीको अवश्यकता रहको बताए ।

  • ३० जेष्ठ २०७८, आईतवार १६:३३ प्रकाशित

  • Nabintech
  • १. डुडुवा खोलामा पौडी खेल्ने क्रममा बाँके नेपालगन्जका तीन युवाको मृत्यु
  • २. टोकियो ओलम्पिकः जुडोमा बाँकेकी सोनिया रुसकी इरिनासंग भिड्डै, जित सोनिया जित
  • ३. नेपालगन्ज मेडिकल कलेजको डेढ अर्बको शेयर किन्ने सुनिल शर्मा को हुन ?
  • ४. मजुदरी गर्न महिलाहरुद्धारा दैनिक ४० किमी साईकिलिङ
  • ५. कोहलपुरमा ८२ बर्षीया बृद्ध महिलाको हत्या घटना,प्रहरी अनुसन्धानले भन्छः ‘बदला लिन’
  • ६. नेपालगन्ज नाका भएर भारत पसेका साढे तीन सय महिला हराए
  • ७. दिलवाले नेपालगन्जः जसले सल्यानी र दैलेखीलाई मुटुमै सजाएर राख्यौ