नेपालमै पहिलो पल्ट सडकको नामाकरण बरघर – Dastabej

नेपालमै पहिलो पल्ट सडकको नामाकरण बरघर


  • दस्तावेज

  • बर्दिया । थारु समुदायका अगुवाका रुपमा पुस्तौदेखि प्रथाका रुपमा रहँदै आएको बरघर प्रणालीको नामले नेपालमै पहिलो पल्ट सडकको नामाकरण गरिएको छ । नाराजापुर नगरपालिकाको वडा नं. २ जोतपुर गाउँदेखि ग्वारीसम्म डेढ किलो मिटर लामो र ८ मिटर चौडाई सडकको नाम बरघर राखिएको हो । उक्त सडकले गाउँक्षेत्रलाई बजारसँग जोड्न, बजार थपविस्तार गर्न, कृषिउत्पादनको ओसार पसार सहजबनाउन र विद्यार्थीहरुलाई विद्यालयजान र आउन सहजबनाउने छ । बरघर भन्नाले थारु समुदायको प्रमुखपहिचानहो । जहाँथारु त्यहाँ बरघर । तसर्थ, थारु समुदायको पहिचान स्थापित गर्नका लागिसो रोडको नामाकरण बरघर राखिएको बताउँछन् जोतपुर निवासीयुवा नेतातथाबर्दियाली थारु विकास मञ्च, काठमाडौंका केन्द्रिय अध्यक्ष सितारामथारु । यसैगरी जोतपुरकै युवा तथा जंग्रार साहित्यिक बखेरीका अध्यक्ष सोम डेमनडौराले सामाजिक तथा सांस्कृतिक प्रणाली, धरोहर तथा महत्वपूर्ण योगदानपुर्याएकाव्यक्तिहरुको नामबाट रोड, चौक तथा सार्वजनिक स्थलहरुको नामाकरण गर्नुपर्ने बताए ।
    यो रोडले हरेक कुराको बजारीकरणमा सहयोग दिलाउने छ भन्छन् वडा अध्यक्षधर नीधर थारु । यति बेलायुवाहरु वेरोजगार बसेका छन् । युवा स्वरोजगार अन्तर्गत रहेका मानव संशाधनलाई हामीले यहिकार्यमा लगायों ।
    यो रोडले मुख्यगरी राजापुर नगरपािलकामा रहेको बालाबजारलाई जोड्ने छ, उनले भने ।

  • ३१ जेष्ठ २०७८, सोमबार १७:४३ प्रकाशित

  • Nabintech
  • १. संयोग कि अन्धबिश्वास ? ‘गुरुवाको तन्त्रमन्त्रपछि राप्ती सोनारीमा रोकियो बाघको आतंक ’
  • २. ५ लाख भारु दिएर भारतमा नेपाली महिलाका ‘कोख भाडामा’
  • ३. बाँके प्रहरीद्धारा खजुरा बलात्कार घटना सार्वजनिक
  • ४. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • ५. खजुरा घुम्न गएकी १८ वर्षीया किशोरीमाथि बलात्कार
  • ६. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ७. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ