अगामि तीन दिनमा राप्ती, बबई, भेरी नदीमा बाढीको सम्भावना, सर्तक रहन आग्रह – Dastabej

अगामि तीन दिनमा राप्ती, बबई, भेरी नदीमा बाढीको सम्भावना, सर्तक रहन आग्रह


  • दस्तावेज

  • नेपालगन्ज— बाढी पुर्बानुमान महाशाखाले अगामि तीन दिनमा भारी बर्षाको सम्भावना रहेको भन्दै पुर्व सर्तकता अपनाउन सुझाएको छ । महाशाखाले मंगलबार बिहान ७ वजे बुलेटिन सार्वजनिक गर्दै पश्चिम राप्ती, बबई, भेरी र यसका सहायक नदी जलाधारलगायत गण्डकी, लुम्बिनी, कर्णाली,सुदूरपश्चिम प्रदेशको चुरे,तराई भई बहने केही साना नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव भई सतर्कता तह पुग्ने सम्भावना रहेकाले साना नदी तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

    महाशाखाको बुलेटीन अनुसार मंगलबार बिहान बढीगाड नदी रुद्रबेनी जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ ।अझै पनि बर्षा भइरहेकाले मंगलबार रातिसम्मै त्यस क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
    महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेश, र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । प्रदेश नम्बर २ को थोरै स्थानमा मेघगर्जन र चट्टयाङसहित वर्षा भइरहेको छ।

     

     

     

  • १ असार २०७८, मंगलवार १२:४० प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • २. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान