कोरिनयनपुरको प्रवेशद्धारमा भ्वाँङ, स्थानीयले गाडे हाँगा – Dastabej

कोरिनयनपुरको प्रवेशद्धारमा भ्वाँङ, स्थानीयले गाडे हाँगा

भ्वाँङ नदेखिदा मोटरसाईलक लगायतका सवारी साधन दुर्घटना


  • सुनिल रेग्मी

  • नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका १२ कोरिनयनपुरको प्रवेशद्धारमा भ्वाँङ परेको छ । सवारी साधनहरु दुर्घटना हुनसक्ने भन्दै स्थानीयले भ्वाँङमा रुखको हाँगा गाडेर सवारी चालकहरुलाई सचेत हुन संकेत गरेका छन् । नेपालगन्ज उपमहानरको कार्यालयदेखि मुश्किलले दुई सय मिटर दक्षिणतर्फ कोरियनपुर जाने सडकमा भ्वाँङ परेको हो । स्थानीयका अनुसार रातीका समयमा भ्वाँङ नदेखिदा मोटरसाईलक लगायतका सवारी साधन दुर्घटना हुन थालेको छ । सडकमा ठूलै भ्वाँङ परेपछि कोरियनपुर क्षेत्रमा चार पाँग्रे गाडीहरु बैकल्पिक सडक भएर आउजाउ गरिरहेको छ । उक्त सडक निकै चल्तीको हो । भेरी प्राविधिक शिक्षालयलाई जोड्ने उक्त सडकमा लामो समयदेखि भ्वाँङ परेको थियो । तर समयमै मर्मतसम्हार नगरिदा आउजाउ रोकिने गरी सडक बिग्रिएको हो ।


    स्थानीय प्रदिप कोरीले मुल सडकमा भ्वाँङ परेपछि रिक्सासमेत आउजाउ गर्न नसकेको बताए । उनले तत्काल आउजाउ गर्नका लागि सडक मर्मत गर्न आग्रह गरे । नेपालगन्ज उपमहानगरपालिका १२ का वडाध्यक्ष बुद्धिसागर सुवेदीले भ्वाँङ परेपछि आउजाउमा समस्या भएपछि नगरपालिका र सडक डिभिजन कार्यालयसंग मर्मतका लागि समन्वय गरिरहेको दाबी गरे । उनले केही दिनमै सडक मर्मत हुने आश्वासन दिएका छन् । उक्त सडक एसियाली विकास बैंक (एडीबी) को आर्थिक सहयोगमा निमार्ण गरिएको हो ।

  • १ असार २०७८, मंगलवार १४:२९ प्रकाशित

  • Nabintech
  • १. डुडुवा खोलामा पौडी खेल्ने क्रममा बाँके नेपालगन्जका तीन युवाको मृत्यु
  • २. टोकियो ओलम्पिकः जुडोमा बाँकेकी सोनिया रुसकी इरिनासंग भिड्डै, जित सोनिया जित
  • ३. नेपालगन्ज मेडिकल कलेजको डेढ अर्बको शेयर किन्ने सुनिल शर्मा को हुन ?
  • ४. मजुदरी गर्न महिलाहरुद्धारा दैनिक ४० किमी साईकिलिङ
  • ५. कोहलपुरमा ८२ बर्षीया बृद्ध महिलाको हत्या घटना,प्रहरी अनुसन्धानले भन्छः ‘बदला लिन’
  • ६. नेपालगन्ज नाका भएर भारत पसेका साढे तीन सय महिला हराए
  • ७. दिलवाले नेपालगन्जः जसले सल्यानी र दैलेखीलाई मुटुमै सजाएर राख्यौ