गुलरिया नगरपालिका १ को फेरिदै मुहार - Dastabej

गुलरिया नगरपालिका १ को फेरिदै मुहार


  • दस्तावेज

  • बर्दिया। जिल्लाको सबैभन्दा पुरानो नगरपालिका हो गुलिरया । यो जिल्लाको सदरमुकाम पनि हो । तर विकासका निकै पछि परेको नगरपालिकाजस्तै वडा न. १ का सडक कच्ची थिए । नक्सामा भएका सडक व्यवहारमा थिएन । तर उक्त वडाको अध्यक्षका रुपमा स्थानीय युवा प्रताप गौतम निर्वाचित भएपछि त्यहाँको अवस्था फेरिन थालेको छ । कच्ची सडकमा ग्रायभल भएको छ । नक्सामा सिमित रहेका सडक निकालिएका छन् । भन्छन्, यो वर्ष सडक ग्रायभल गरियो । अर्को वर्ष सडक पक्की गरिने छन् । चालु आर्थिक वर्षमा उक्त वडामा दुई किलो मिटर सडक कालोपत्रे गरिएको उनले बताए ।
    त्यस्तै स्थानीय त्रीशक्ति बिद्यालयलाई निमाबिबाट माबि उनकै पहलमा सम्भव भएको छ । उक्त बिद्यालयमा कम्प्युटरहरु व्यवस्थापन गरिएका छन् । खैरापुरस्थित स्वास्थ्य चौकीमा ल्याबसमेत थिएन । उनले ल्याब ल्याएपछि स्थानीयहरु जन्दीश, सुगर लगायतका परीक्षण सम्भव हुन थालेको छ । सानोतिनो परीक्षणका लागि यहाँ जनतालाई बाहिर जानु पर्दैन, वडाध्यक्ष गौतमले भने । उनले धार्मिक स्थलहरुको विकासका लागि गुरु योजना तयार पारेका छन् । पर्यटकीय क्षेत्रको विकासका लागि उनी बढी जोड दिएका छन् ।गाउँमा विकास हुन थालेपछि स्थानीयहरु खुसी जनाएका छन् ।

  • १ असार २०७८, मंगलवार १६:४६ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ