लुम्बिनी प्रदेश सरकारद्धारा स्वास्थ्यकर्मीलाई थप ५० प्रतिशत प्रोत्साहन भत्ता दिने घोषणा – Dastabej

लुम्बिनी प्रदेश सरकारद्धारा स्वास्थ्यकर्मीलाई थप ५० प्रतिशत प्रोत्साहन भत्ता दिने घोषणा


  • दस्तावेज

  •  

    नेपालगन्ज— ज्यान जोखिम मोलेर कोरोना संक्रमित विरामीहरुको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुले अतिरिक्त सेवासुविधा नपाएको गुनासो गरिरहेका बेला लुम्बिनी प्रदेश सरकारले तलब स्केलमा ५० प्रतिशत प्रोत्साहन भत्ता दिने घोषणा गरेको छ ।
    आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले आगामी वर्षको बजेट सार्वजनिक गर्दै प्रोत्साहन भत्ता दिने घोषणा गरेका हुन । त्यसका लागि प्रयाप्त बजेट छुट्याइएको उनले बताए ।
    त्यस्तै लुम्बिनी प्रदेशका भेरी अस्पताल नेपालगन्ज, दांगको बेलझुण्डी कोरोना अस्पताल लगायतका चार कोभिड उपचार अस्पताललाई प्रयाप्त बजेट विनियोजन गरिएको मन्त्री चौधरीले बताए ।
    प्रादेशिक अस्पताललाई उच्च विशिष्टिकृत सुविधासहितको अस्पतालमा स्तरोन्नती गर्न २५ करोड रकम विनियोजन गरिएको छ । बजेट सार्वजनिक गर्दै डीपीआर भइसकेका अस्पताल निर्माण सुरु गर्न आवश्यक बजेट विनियोजन गरेको उनले जनाए । सरकारी जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट बनाउने, कोभिड बिरामीको निःशुल्क उपचार गर्ने प्रदेश सरकारको लक्ष्य छ ।

  • १ असार २०७८, मंगलवार १८:०८ प्रकाशित

  • Nabintech
  • १. संयोग कि अन्धबिश्वास ? ‘गुरुवाको तन्त्रमन्त्रपछि राप्ती सोनारीमा रोकियो बाघको आतंक ’
  • २. ५ लाख भारु दिएर भारतमा नेपाली महिलाका ‘कोख भाडामा’
  • ३. बाँके प्रहरीद्धारा खजुरा बलात्कार घटना सार्वजनिक
  • ४. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • ५. खजुरा घुम्न गएकी १८ वर्षीया किशोरीमाथि बलात्कार
  • ६. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ७. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ