सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा भीषण बाढी, सातजनाको मृत्यु, कैयौँ विस्थापित – Dastabej

सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा भीषण बाढी, सातजनाको मृत्यु, कैयौँ विस्थापित


  • दस्तावेज

  • नेपालगन्ज । मेलम्ची नदीमा आएको भीषण बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रका सातजनाको मृत्यु भएको बीबीसी नेपाली सेवाको अनलाईनले प्रकाशन गरेको समाचारमा जनाइएको छ । कैयौँ मानिसहरू विस्थापित भएको र अधिकारीहरूले बताएका छन्। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले मेलम्ची नदीमा मङ्गलवार साँझबाट आएको बाढीले हेलम्बु र मेलम्ची क्षेत्रमा जनधनको क्षति पुर्‍याएको बताए। खोज तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालित भएको उनले बताए।
    पछिल्लो समयमा हेलम्बु र मेलम्चीमा पानीको सतह बढेको भन्दै मानिसहरूलाई सुरक्षित क्षेत्रमा जान आह्वान गरिएको स्थानीय प्रशासनले जनाएको छ।
    सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी पोखरेलले अहिलेसम्मको विश्लेषणले हेलम्बुमा बढी क्षति पुगेको आङ्कलन गरिएको बताए।
    उनले भने, रातिनै मानिसहरू बाढीबाट बाँच्न विभिन्न सुरक्षित स्थलतर्फ जाने क्रम रहेको र ती मध्ये कतिपय मानिसहरू बिहानीसम्म सम्पर्कमा आइसकेको अवस्था छ। अहिलेसम्म सात जनाले ज्यान गुमाएका छन् र चारवटा पुल अनि केही झेलुङ्गे पुलमा झति पुगेको छ।ू
    सिन्धुपाल्चोक प्रहरीका प्रवक्ता डीएसपी प्रकाश सापकोटाका अनुसार हेलम्बु र मेलम्चीमा क्षतिको विवरण सङ्कलन भइरहेको छ।

    उनले भने,ूहामी स्थानीय पालिकाहरूसँग समन्वय गरेर आँकडाहरू सङ्कलन गर्दैछौँ। उनले बाढीले घरहरूलाई क्षति पुर्‍याएको भएपनि त्यसको विस्तृत विवरण आइनसकेको बताए। अझै पनि पानीको सतह उच्च नै रहेको र लेदो सहितको बाढीको अवस्था रहेको प्रहरीको भनाइ छ। नेपालमा औपचारिक रूपमा मनसुन सुरु भएको एक साता नबित्दै भीषण बाढी आएको हो।

  • २ असार २०७८, बुधबार १०:२५ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश