मर्स्याङ्दी नदीले गाउँपालिका, प्रहरी चौकी, दुई बैंक र होटल बगायो – Dastabej

मर्स्याङ्दी नदीले गाउँपालिका, प्रहरी चौकी, दुई बैंक र होटल बगायो

एक सम्पर्कबिहिन, प्रतिकुल मौसमले उद्दारमा समस्या


  • दस्तावेज

  • नेपालगन्ज । ठूलो धनजनको क्षति हुने गरी सिन्धुपाल्चोकको मेलान्चीको बाढीपछि मनाङको नासों गाउँपालिका ३ धारापानीमा मर्स्याङ्दी नदीले गाउँपालिकाको, प्रहरी चौकी, प्राइम बैंक र प्रभु बैंकको कार्यालय र केही होटल बगाएको छ। बुधबार दिउँसो नदीमा आएको बाढीले उक्त संरचना बगाएको स्थानीय प्रशासनले जनाएको छ । स्थानीयका अनुसार बैंकमा कार्यरत १ जना कर्मचारी सम्पर्कविहीन भएशा छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
    बाढी र पहिरोका कारण मनाङमा एउटा गाउँबाट अर्को गाउँमा जान सक्ने अवस्था छैन । हाल भिषण वर्षा भइरहेकोेले स्थानीयको उद्धारमा समस्या भइरहेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । प्रतिकुल मौसमका कारण नेपानी सेनका् हेलीकप्टर उद्दारका लागि पुग्न सकेको छैन । उनले भने, वर्षा फेरि हुन थालेपछि सेनाको हेलीकप्टर आउन सकेको छैन । उनले वर्षा जारी रहेकाले धनजनको यकिन विवरण अहिले नै भन्न नसक्ने जनाए । बाढीमा फसेकाहरुको उद्दारकालागि प्रयास भइरहेको उनले जनाए ।
    मंगलबार चामेका ६ घर बाढीले बगाएको थियो भने ताल गाउँका ४८ घर मर्स्याङ्दी नदीको डुबानमा परेको छ।

  • २ असार २०७८, बुधबार १५:५५ प्रकाशित

  • Nabintech
  • १. संयोग कि अन्धबिश्वास ? ‘गुरुवाको तन्त्रमन्त्रपछि राप्ती सोनारीमा रोकियो बाघको आतंक ’
  • २. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • ३. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ४. खजुरा घुम्न गएकी १८ वर्षीया किशोरीमाथि बलात्कार
  • ५. बाँके प्रहरीद्धारा खजुरा बलात्कार घटना सार्वजनिक
  • ६. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ
  • ७. नेपाल आयल निगमको भैरहवापछि नेपालगन्जमा सर्वसाधारणका लागि पेट्रोल पम्प सन्चालन