नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बर्दियाले उत्कृष्ट कार्य गर्ने तीन प्रहरी अधिकृत पुरष्कृत भएका छन् । इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायब उपरिक्षक मिन बहादुर घले, इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी नीरक्षक धर्मराज जोशी र प्रहरी चौकी कालिकाका प्रहरी सहायक निरीक्षक सन्तबहादुर पाल पुरुस्कृत भएका हुन । प्रहरी नायब उपरीक्षक घलेलाई हाई इन्टरग्रेटीका साथै प्रहरी कार्य गरी समाजमा प्रहरीको छबि उच्च बनाउन सफल भएको भन्दै पुरुस्कृत गरिएको हो । इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक जोशीलाई भौतिक पुर्वाधार तथा संस्थागत सुधार र प्रहरी सहायक निरीक्षक पाललाई सिमा नाकाबाट हुने तस्करी नियान्त्रणमा उत्कृष्ट कार्य गर्न सफल भए बापत् पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । प्रहरीको ३÷३ महिनामा हुने कार्य सम्पान मुल्यांकन अन्र्तगत तीनै पुरस्कृत भएका हुन् । प्रहरीले अनुसन्धान, फरार अपराधीको पक्राउ, कर्मचारी व्यवस्थापन, भौतिक सुधार, भन्सार छलिको समान पक्राउ लगायत्का ९ सुचकका अधारमा कार्यसम्पादन मुल्यांकन गर्ने गर्दछ । इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरिक्षक जोशी प्रत्येक हप्ता कार्यालयमा नयाँ निर्माणको काम गर्दै आएको बताए । इलाकामा आएको ९ महिना नपुग्दै पुरस्कृत भएका हुन् ।