नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जका कन्सलटेन्ट प्रमुख तथा फिजिसीयन डा. राजन पाण्डेले कोभिड १९ को न्युमोनिया एकपटक निको भएपछि फोक्सोमा लामो असर (Pulmonary fibrosis) पार्ने भन्दै नीतिगत रुपमा सम्बोधन गर्न सुझाएका छन् । उनले कोरोना संक्रमण निको भएका ब्यक्तिहरुमा लामो समयसम्म असर देखिएका बिरामीहरु बढ्दै गएको भन्दै नीतिगतरुपमै सम्बोधन गर्न सुझाएका हुन । उनले समयमा नै अस्पतालहरु र समुदायमा पुनःस्थापित
( Rehabilitation ) सेवाको सुरुवात नितिगत रुपमा नेै आवश्यक देखिएको जनाए । बाँकेको हटस्र्पोट बनेको बाँकेमा उनी कोरोना संक्रमणबिरुद्ध फ्रान्टलाईमा खटिदै आएका छन् । उनी दुई पटक आफै कोरोनाबाट संक्रमित भइसकेका छन् ।