बाँके, बर्दियाका कुन नदीमा कति बाढी ? – Dastabej

बाँके, बर्दियाका कुन नदीमा कति बाढी ?


  • दस्तावेज

  • नेपालगन्ज । चार दिनदेखि भइरहेको बर्षाका कारण बाँके, बर्दिया लगायत मुलुकभरीका नदी खोलाको पानीको सतह बढेको छ । सिन्धुपाल्चोकको मेलान्ची र मुस्ताङ नदीको मरस्याङग्री नदीमा आएको बाढीले धनजनको क्षति भएको छ । तर बाँके र बर्दियामा पर्ने नदी र खोलामा पानीको सतह बढे पनि खतरा भन्दा बढी गईनसकेको जल तथा मौसम अनुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार बाँकेको राप्ती नदीको पानीको सतह ३.९ मिटर पुगेको छ । उक्त नदीको पानीको सतह ५.४ नाघे खतरा मानिन्छ ।

    बर्दिया र बाँकेको सीमा जोड्ने मान खोलाको पानीको सतह २.७ मिटर पुगेको छ । चार मिटर पानीको सतह पुगे खतरा मानिन्छ ।

    कर्णाली चिसापानीमा ६.९ मिटर पुगेको छ । खतराको संकेत १०.७ मिटर पानीको सतहलाई तोकिएको छ ।

    बर्दियाको बबई चेपाङस्थित बबई नदीमा ४.७ मिटर मापन भएको छ । ६.१० मिटर पानीको सतह पुगेको खतराका्े संकेत मानिन्छ ।

  • ३ असार २०७८, बिहीबार १५:५८ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ६. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश
  • ७. नेपालिहरुलाई सताउंने १०जना नेपालगन्ज नाकाबाट पक्राउ