उडुँ कि गुडुँ म….. – Dastabej

उडुँ कि गुडुँ म…..

एक खुट्टाको भरमा डान्सर, दर्शक भन्छन् वान्स मोर


  • दस्तावेज

  • बाँके— चर्चित भनाई छ, मान्छे जन्मिदै एउटा न एउटा शीप वा कला संगै लिएरै आएकै हुन्छ । कला निखार्न सक्नेले जीवन बदल्न सक्छन् । नसक्ने हराएर जान्छन् । तर, आत्मबल भए सबथोक सम्भव छ । २९ वर्षीय मीना पुन मगर र २१वर्षीया अमृता चौधरीको जीवन कथाले पनि त्यही भन्छ । एउटा खुट्टा गुमाएका दुई महिलाले नृत्य गरेर संसारलाई अचम्मित बनाई दिएका छन् । लाखौँ सपाङ भन्दा निकै अगाडि देखिन्छन् ।५ वर्षकी हुँदा मीना पुन मगरको दायाँ खुट्टा आगोले खायो । सल्यानको सीमासंग जोडिएको दाङ पुरनधारास्थित घरमा आगो ताप्दै गर्दा दायाँ खुट्टा जलेको थियो । उपचारका क्रममा काट्नु प¥यो । छरछिमेक साथीभाईले परिवारको बोझ भने । तर, परिवारिक बातावरण र उनीभित्र लुकेको नृत्य प्रतिभाले नेपालमा मात्रै होईन, बिश्वभर चिनायो । पुरनधाराबाट बसाई सरेर कोहलपुर आएपछि मीना ज्ञान ज्योती माध्यमिक बिद्यालयमा भर्ना भईन । त्यहाँबाट उनको नृत्य सुरु भयो । बिद्यालयमा सधै फस्ट भईन । आत्मबल बढ्दै गएपछि उनी नेपाल टेलीभिजनबाट प्रशारण हुने छमछमीमा भाग लिईन । त्यसमा उनी चौथो भईन । काठमाडौंमा आयोजित को बन्छ कालाकारमा भाग लिईन । त्यहाँ तेस्रो हुन सफल भईन । उक्त प्रतियोगितामा सयाँैँ सपाङ युवायुवतिले भाग लिएका थिए । मीनाको नृत्य क्षमताको प्रचार बढ्दै गएपछि सन २०१३ मा पुन मगर समाज हङकङले निम्तो ग¥यो, एकल नृत्यका लागि । एउटै खुट्टाका भरमा सपाङझै छमछमी नृत्य देखेपद्धि प्रसशंकले ११ लाख रुपैयाँ सहयोग जुटाए । मीनाको उक्त नृत्य यूट्युबमा राखिएको छ । यु ट्युबमा उनलाई करिव ३ लाख दर्शकले हेरेका छन् ।

    ‘म निकै गरिब परिवारमा जन्मिएको हो । तर, मेरो नृत्य कलाले संसारभर मलाई चिनाउन सहयोग गरेको छ,’ मीनाले भनिन्,‘हङकङमा कमाएको ११ लाख रुपैयाँले कोहलपुर नगरपालिकामा १ कठ्ठा जग्गा किनेकी छु । घर बनाउन बाँकी छ । आत्मबल भयो भने सबै कुरा सम्भव हुन्छ ।’ उनले बुबा काशीराम र जयकली पुन मगरको सहयोगकै कारण यहाँसम्म पुग्न सफल भएको बताउँछिन् । तर, अझै पनि आफूले चाहेको कलाकार बन्न नसकेको उनको गुनासो छ । ‘नेपालमा हुने सबैजसो प्र्रतिस्पर्धामा सहभागि भइरहेकी छु,’ उनले भनिन्,‘अझै पनि नृत्यका लागि संघर्ष गरिरहेको छु ।’ बाँके फत्तेपुर ८ महैमानपुरकी २१ वर्षीया अमृता थारु कुशल डान्सर हुन । उनको सबै दैनिकी एउटै खुट्टाको भरमा चलेको छ । तर तिनै अमृता ‘डान्स’ का लागि त्यतिनै चर्चित छिन् । गाउँमा हुने संस्कृतिक कार्यक्रममा सक्रिय सहभागिता जनाउँछिन ।उनकोे नृत्य क्षमता सपाङभन्दा कम्ति छैन । डान्समा मै हँ भन्नेलाई चुनौती दिन्छिन् । एउटै खुट्टाका भरमा छमछमी नृत्य देखाउन थालेपछि दर्शक आश्चर्यचकित पर्छन । ‘एउटै खुट्टाको भरमा यस्तो गजबको नाँच’ दर्शकको यस्तै प्रतिक्रिया हुन्छ । चलचित्रका गीतमा नृत्य गर्न अमृतालाई निकै मजा आउँछ रे । त्यसैले स्थानीयस्तरमा आयोजना हुने नृत्य प्रतियोगितामा सपाङसंग प्रतिस्पधामा उत्रिदै आएकी छन् । प्रतियोगिताको आर्कषण अमृतानै हुन्छिन् । किनभने उनी सबैभन्दा फरक प्रतिस्पर्धी हुन । बदलामा दर्शकले ताली बजाएर उनलाई उर्जा दिन्छन् । ‘वान्स मोरको’ प्रसताव आउँछ उनको नृत्यका लागि ।गाउँमा हुने संस्कृतिक कार्यक्रम, दिवस र अभियानमा उनको नृत्य अनिवार्य जस्तै छ । अमृतालाई सपाङ संग राष्ट्रियस्तरको नृत्यमा प्रतिस्पर्धा गर्न ईच्छा छ ।

    त्यसैले उनी नेपाल टेलीभिजनबाट प्रशारण हुने ‘छमछमी’ प्रतियोगितामा सहभागिता जनाउन खोजेकी थिईन । ‘आङगता भएका व्यक्तिले केही गर्न सक्दैन भन्नु गलत हो,‘अमृताको भनाई थियो,‘मिहनतले सफलता दिन्छ । त्यसको उदाहरण बन्न पाउँदा खुशि लागेको छ ।’ अमृताले सानैदेखि नृत्यमा असाध्यै रुची राख्ने गरेको बताईन । नृत्य गर्न खोज्दा स्थानीयले बुवा कोठिरामलाई गाली गर्थे । ‘एउटा खुट्टा भएकीले नाच्न सक्दैन । चोटपटक लाग्छ भन्दै बुबालाई गाली गरे,’ उनले विगत सम्झिन,‘तर मैले नाच्न छाडिन् ।’अमृता भारतको सिम्लामा सपाङग भएर जन्मेकी थिईन । घरको आर्थिक अवस्था कमजोर भएका कारण उनका बुबा आमा मजदुरी गर्न भारत गएका थिए । उनी ११ महिनाको हुँदा दिल्लीस्थित दाना कारखानाको मेशिनमा परेर बाँया खुट्टा गुमाएकी हुन । ‘तर पनि बुबा र आमाको सहयोगमा पढाईसंगै नृत्यलाई पनि निरन्तरता दिएकी छु,’ अमृताले आफुजस्तै युवालाई प्रेरणा दिईन,‘धेरैले विश्वास गर्न नसक्ने काम गरेर देखाएकी छु ।’ उनले अपाङगलाई बोझको रुपमा नहेर्र्न आग्रह गरिन । अवसर पाए अपाङता भएका युवाले पनि देशलाई योगदान गर्न सक्ने उनको तर्क छ ।

  • ५ असार २०७८, शनिबार १४:०५ प्रकाशित

  • Nabintech
  • १. डुडुवा खोलामा पौडी खेल्ने क्रममा बाँके नेपालगन्जका तीन युवाको मृत्यु
  • २. टोकियो ओलम्पिकः जुडोमा बाँकेकी सोनिया रुसकी इरिनासंग भिड्डै, जित सोनिया जित
  • ३. नेपालगन्ज मेडिकल कलेजको डेढ अर्बको शेयर किन्ने सुनिल शर्मा को हुन ?
  • ४. मजुदरी गर्न महिलाहरुद्धारा दैनिक ४० किमी साईकिलिङ
  • ५. कोहलपुरमा ८२ बर्षीया बृद्ध महिलाको हत्या घटना,प्रहरी अनुसन्धानले भन्छः ‘बदला लिन’
  • ६. नेपालगन्ज नाका भएर भारत पसेका साढे तीन सय महिला हराए
  • ७. दिलवाले नेपालगन्जः जसले सल्यानी र दैलेखीलाई मुटुमै सजाएर राख्यौ