राष्ट्रिय युवा संघ, बाँकेले विपतमा खटिन वडास्तरसम्म कार्यकार्ता परिचालन गर्ने – Dastabej

राष्ट्रिय युवा संघ, बाँकेले विपतमा खटिन वडास्तरसम्म कार्यकार्ता परिचालन गर्ने


  • दस्तावेज

  • नेपालगन्ज । राष्ट्रिय युवा संघ, बाँकेले हुन सक्ने विपतमा खटिन आफ्ना वडास्तरसम्मका कार्यकार्तालाइ परिचालन गर्ने भएको छ । युवा संघ बाँकेका अध्यक्ष लिलकवीर सुनारको अध्यक्षतामा बसेको बैठकले बाढी र डुबानबाट हुन सक्ने कुनै पनि अबस्थामा युवा संघका कार्यकर्ता तम्तयार रहन आग्रह गरेको छ । युवा संघका स्थायी कमिटी सदस्य तथा बाँके जिल्ला इन्चार्ज खेमराज शर्माको प्रमुख आथित्यमा भएको बैठकले युवा संघ बाँकेका पूर्व अध्यक्ष डम्बर थापाको असामयिक निधनप्रती दुख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठकमा युवा संघ बाँकेका पदाधिकारी, नगर तथा गाउँपालिकाका संयोजकहरुको सहभागिता रहेका थिए । अध्यक्ष सुनारका अनुसार कोभिड्विरुधको खोप हरेक बाँकेबासी माझ पुर्याउन केन्द्रिय सर्कुलर बमोजिम बाँकेका ८१ वडामा युवा संघ परिचालन हुनेछ ।

  • ६ असार २०७८, आईतवार १०:३८ प्रकाशित

  • Nabintech
  • १. संयोग कि अन्धबिश्वास ? ‘गुरुवाको तन्त्रमन्त्रपछि राप्ती सोनारीमा रोकियो बाघको आतंक ’
  • २. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • ३. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ४. खजुरा घुम्न गएकी १८ वर्षीया किशोरीमाथि बलात्कार
  • ५. बाँके प्रहरीद्धारा खजुरा बलात्कार घटना सार्वजनिक
  • ६. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ
  • ७. नेपाल आयल निगमको भैरहवापछि नेपालगन्जमा सर्वसाधारणका लागि पेट्रोल पम्प सन्चालन