स्वास्थ्यकर्मीलाई आक्रमण गर्ने धरौटीमा रिहा, कसुर ठहर भए दश वर्षसम्म कैद र एक लाख जरिबाना हुने व्यवस्था – Dastabej

स्वास्थ्यकर्मीलाई आक्रमण गर्ने धरौटीमा रिहा, कसुर ठहर भए दश वर्षसम्म कैद र एक लाख जरिबाना हुने व्यवस्था


  • दस्तावेज

  • नेपालगन्ज । उपचारमा लापरवाहीपछि कोरोना संक्रमित विरामीको मृत्यु भएको भन्दै भेरी अस्पताल नेपालगन्जका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई लखेटीलखेटी आक्रमण गर्ने तीन जना धरौटीमा रिहा भएपछि ्फेरि चर्चा हुन थालेको छ । बाँके प्रहरीले उनीहरुबिरुद्ध ज्यान मार्ने उद्योग मुघा दर्ता गरेको थियो । थुनछेक बहसपछि मुद्दाको सुनुवाइ गर्दै बाँके जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले स्वस्थ्यकर्मीमाथि आक्रमण गर्ने नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य दाङ तुलसीपुरका मानबहादुर रावतसहित भरत रावत र लोकराज रावतलाई जनही ५०।५० हजार धरौटीमा छोड्न आदेश दिएको हो । मुलुकी अपराध संहिता, २०७४ को दफा १८३ ले ज्यान मार्ने उद्योग गर्न नहुने व्यवस्था गरेको छ । उक्त कसुर गरेको ठहर भए कसूर गर्ने वा गराउने व्यक्तिलाई दश वर्षसम्म कैद र एक लाख रुपैयाँँसम्म जरिबाना हुने व्यवस्था गरेको छ । धरौटीमा रिहा भए पनि उनीहरुको मुद्दा अन्तिम किनार लागिसकेको छैन । अन्तिम फैसला आएपछि मात्रै उनीहरुलाई कानुन अनुसार सजाय हुने कानुन व्यवसायी बताउँछन् ।

  • ७ असार २०७८, सोमबार ०८:१० प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश