बर्दिया । गुलरिया नगरपालिका वडा न ं१ खैरापुरस्थित स्वास्थ्य चौकीमा ल्याब जडान गरिएको छ । वडा अध्यक्ष प्रताप गौतमको पहलमा नगरपालिकाको सहयोगमा ल्याबजडान गरिएको हो । ल्याब जडान भएपछि स्थानीयको स्वास्थ्य परीक्षणमा सहज हुने छ । नगर प्रमुख मुक्तिनाथ यादवले एक समारोहका बीच उदघाट्न गरेका छन् । उनले गाउँमै ल्याब जडानले स्थानीयहरुलाई स्वास्थ्य सेवा लिन सहज हुने बिश्वास व्यक्त गरे । वडाध्यक्ष गौतमले स्वास्थ्य चौकीलाई थप व्यवस्थित गर्दै लैजाने र सर्वसाधारणलाई सकेसम्म गाउँमै सेवा दिने प्रयास गरिने बताए ।