अस्तव्यस्त नेपालगन्ज नाका – Dastabej

अस्तव्यस्त नेपालगन्ज नाका


  • दस्तावेज

  • नेपालगन्ज । सवारी साधन पार्किङ गर्ने स्थान अभावका कारण नेपाल—भारत सीमा नेपालगन्जको जमुनाहा नाका अस्तव्यस्त बनेको छ । फोरलेन सडकको बीचमा मोटरसाईकल पार्किङ गर्ने र सयौं रिक्साको भिडले नाका अस्तव्यस्त बन्ने गरेको हो । भारतीय सुरक्षाकर्मीहरुले नेपालीहरुलाई भारत प्रवेश गर्न दिने तर सवारी साधन लैजान नदिएका कारण भिडभाड बढी हुने गरेको छ । तर भारतबाट दैनिक सयौं मालबाहक ट्रकहरु नेपाल भित्रिने गरेको छ । भन्सार गराउनका लागि सयौं मालबाहक ट्रकहरु फोरलेन सडकमै पार्किङ गरेको देख्न सकिन्छ । रिक्सा, मोटरसाईकललगायतका सवारी साधनका कारण सर्वसाधारणहरुलाई आउजाउमा समेत समस्या हुने गरेको छ । भारतबाट आउने सर्वसाधारणहरुलाई बोक्न सयौँ रिक्सा चालकहरु सीमा पुग्ने गरेका छन् । नेपाल—भारत सीमा जमुनाहास्थित ईलाका प्रहरी कार्यालयकाले भारतीय सुरक्षाकर्मीले नेपाली प्लेटका सवारी साधनहरु प्रवेश गर्न नदिएका कारण सीमा अस्तव्यस्त देखिएको जनाको छ । ट्राफिक प्रहरीको सहयोगमा पार्किङस्थल बनाउने प्रयास भइरहेको छ । दुई देशको नाका सुन्दर देखिनु पर्ने हो तर भिडभाडले कुरुपजस्तै देखिन्छ ।’
    सवारी साधन लिएर नेपाल भारत आउजाउ गर्न खोज्ने सर्वसाधारणहरुलाई प्रहरीले रोक्न खोज्दा विवाद पनि हुने गरेको छ

  • ७ असार २०७८, सोमबार १९:०९ प्रकाशित

  • Nabintech
  • १. डुडुवा खोलामा पौडी खेल्ने क्रममा बाँके नेपालगन्जका तीन युवाको मृत्यु
  • २. टोकियो ओलम्पिकः जुडोमा बाँकेकी सोनिया रुसकी इरिनासंग भिड्डै, जित सोनिया जित
  • ३. नेपालगन्ज मेडिकल कलेजको डेढ अर्बको शेयर किन्ने सुनिल शर्मा को हुन ?
  • ४. मजुदरी गर्न महिलाहरुद्धारा दैनिक ४० किमी साईकिलिङ
  • ५. कोहलपुरमा ८२ बर्षीया बृद्ध महिलाको हत्या घटना,प्रहरी अनुसन्धानले भन्छः ‘बदला लिन’
  • ६. नेपालगन्ज नाका भएर भारत पसेका साढे तीन सय महिला हराए
  • ७. दिलवाले नेपालगन्जः जसले सल्यानी र दैलेखीलाई मुटुमै सजाएर राख्यौ