हातमा सुईको क्यानुलासहित गाउँसभामा डुडवाका प्रमुख - Dastabej

हातमा सुईको क्यानुलासहित गाउँसभामा डुडवाका प्रमुख

अक्सिजनको मात्रा झरेपछि ११ वजे अस्पताल भर्ना भए, साढे ४ बजे डिस्चार्ज भए अनि गाउँसभापुगे


  • सुनिल रेग्मी

  • बाँके । नीति तथा कार्यक्रम र बजेट ल्याउने अन्तिम तयारीमा रहेका डुडवा गाउँपालिकाका प्रमुख नरेन्द्र चौधरीलाई बुधबार एकाएक ज्वरो आयो । अक्सिजनको मात्रा परीक्षण गर्दा ८१ मा झरेको रहेछ । उनी राती ११ वजे उपचारका लागि शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भए । बिहिबार असार १० गते पालिकाको नीति तथा कार्यक्रम र बजेट ल्याउनु पर्ने संबैधानिक व्यवस्था छ । त्यसैले उनले अस्पतालबाट बजेट तयारीका लागि कर्मचारीहरुलाई निर्देशन दिइरहे । त्यसो त त्यसको केही दिनअघि देखि नै तयारी गरिएको थियो । गाउँपालिका प्रमुख विरामी भएको खबरले गाउँसभा रोकिने त होईन भन्ने चिन्ताले कर्मचारीहरुलाई सतायो । तर प्रमुख चौधरीले कुनै पनि हालतमा आफू गाउँसभा पुग्ने बचन दिए । बिहिबार बिहान साढे ४ वजे उनी आफै अस्पतालबाट डिस्चार्ज लिए । घर पुगेर अराम गरे । र, दिउँसो गाउँसभा पुगेर नीति तथा कार्यक्रम बाचन गरे । अस्पतालमा औषधि र शरीरमा पानी चढाउँदा सुईकोे क्यानुला उनको दायाँ हातमा अझै ताजै थियो । उभिन गाह्रो भएर होला उनी नीति तथा कार्यक्रम बाचन शोफामै बसेर गरे । (यो कार्यकक्रम सकिएपछि फेरि उपचारका लागि अस्पताल पुग्नु छ । डाक्टरहरुले अराम गर्न सुझाएका छन्, उनले भने ।

  • १० असार २०७८, बिहीबार १६:२६ प्रकाशित

  • Nabintech
  • १. २ लाख ऋणमा नेपालगन्जको करोडौंको जग्गा हड्प्ने गिरोह थुनामा
  • २. चुनावको मुखमा बाँकेमा मन्त्री ईस्तियाक र स्वकीय सचिव शम्सुलबीच टकराव, दुबैको नाम सिफारीस
  • ३. गुलरिया ८ मा आँगनमा खेलिरहेको १९ महिने बालकलाई चितुवाले झम्ट्यो, बर्दियामा तीन दिनदेखि लगातर आक्रमण
  • ४. बर्दिया मधुवनमा फेरि बाघले लियो एक जनाको ज्यान
  • ५. दैलेखको प्रजिअबाट सरुवा भएर फेरि बाँके आए हरी प्याकुरेल
  • ६. ‘रेशम चौधरी बर्दिया निर्वाचन न. २ बाट उम्मेदवारी दिने पक्का’
  • ७. बाँकेमा मजदुरीको ज्याला बढ्यो