स्थानीय सरकार, रुखो व्यवहार – Dastabej

स्थानीय सरकार, रुखो व्यवहार

चुनावका बेला नेताहरु घरदैलोमा पुग्थे । दुई हात जोडेर भोट मागे । जनप्रतिनिधि चुनिएपछि उनीहरुको व्यवहारमा आकास जमिनजस्तै फरक आएको छ ।


  • दस्तावेज

  • नेपालगन्ज । पक्की सडक माग्न गएका महिलामाथि अभद्र ब्यवहार गरेको घटना सार्वजनिक भएपछि जनप्रतिनिधीहरुकोको व्यहारमा कुनै परिवर्तन नभएको चर्चा हुन थालेको छ । चुनावका बेला विभिन्न दलका नेताहरु सर्वसाधारणहरुको घरदैलोमा पुग्थे । दुई हात जोडेर भोट मागे । उनीहरुको चुनावी दैनिकी नमस्कार गर्नैमा बित्यो । जनप्रतिनिधि चुनिएपछि उनीहरुको व्यवहारमा आकास जमिनजस्तै फरक आएको छ । घरमै पुगेर नमस्कार गर्ने नेताहरुले नमस्कार फर्काउन पनि कन्जुसाई गर्ने गुनासो सर्वसाधारणको छ । सेवाग्राहीलाई गर्ने व्यवहारमा पनि पहिले र अहिलेमा खासै भिन्नता आएको छैन । ‘जुन तन्त्र आए पनि सबै उस्तै हुन । भोट माग्ने बेला हात जोड्छन् । जितेर गएपछि चिन्नै छोड्छन्,’ हरेक निर्वाचनमा मत दिंदै आएका विजय शाहनी भन्छन्,‘पन्चायतकाल नेता र अहिलेका जनप्रतिविधिहरुमा जनतालाई गर्ने व्यवहार खासै फरक देखिएन् ।’ उनका अनुसार बोल्न नसक्ने सेवाग्राहीलाई कार्यालयमा रुखो व्यवहार गरिन्छ । सेवाग्राहीका लागि बस्न वडा, गाउ“पालिका र नगरपालिका कार्यालयमा बस्ने ठाउ“समेत बनाइएको छैन । सेवा लिन जाने सर्वसाधारणहरु काम सक्ने पर्खाईमा लामो समय उभिनु पर्ने बाध्यता छ । पन्चायत, लोकतन्त्र र हालको गणतन्त्रसम्म आईपुग्दा सर्वसाधारणहरुलाई गरिने व्यवहारमा खासै फरक भएको छैन । सेवाग्राहीका लागि बस्न ठाउ“समेत बनाउन नसक्ने स्थानीय सरकारबाट राम्रो व्यवहारको आश गर्न नसकिने उनीहरुको गुनासो छ । ‘पहिलो कुरा कामका लागि वडादेखि पालिकाको कार्यालय पुग्ने जनतालाई बस्ने ठाउ“ नै छैन । जनप्रतिनिधि र कर्मचारी घुम्ने कुर्सीमा बस्ने र राजस्व तिर्न जाने जनता पुशझै घण्टौ उभिनु पर्ने,’ अर्का सेवाग्राही तथा नाागरिक समाजका अगुवा बालकृष्ण लामिछाने भन्छन्,‘जनप्रतिनिधिहरुले पहिलेजस्तो गर्ने व्यवहारमा सुधार गर्न आवश्यक छ । जनता सारभौम हुन भन्ने बुझ्न जरुरी छ ।’
    सर्वसाधारणहरुलाई स्थानीय सरकारप्रति अपनत्व गराउनका लागि पनि व्यवहारमा परिवर्तन गर्न आवश्यक छ । उनीहरुले आफूले जिताएको जनप्रतिनिधिहरुसंग राम्रो व्यवहारको अपेक्षा गर्छन । त्यससंगै आफूले जिताएको जनप्रतिनिधिबाट समयमै काम होस भन्ने चाहन्छन् । मिठो बोली र व्यवहारले जनप्रतिनिधिहरुलाई नै काममा सहज बनाउन सक्छ । तर रुखो व्यवहारले जनप्रतिनिधि र सर्वसाधारणहरुबीचको दुरी बढ्दो छ । ‘भोट दिएर जिताएपछि राम्रो व्यवहारको आश सबैले गर्छन । तर जनप्रतिनिधिहरुबाट भने त्यस्तो व्यवहार भएको पाइएन । पहिलेका जनप्रतिनिधिभन्दा अहिलेका झन राजा देखिए,’ अर्का सर्वसाधारण बाबुराम शर्मा भन्छन्,‘व्यवस्था फेरिए पनि जनतालाई गर्ने व्यवहार फेरिएन ।’
    राजनीतिक बिशलेषक डा.जनार्दन आचार्यले पनि पहिले र अहिलेका जनप्रतिनिधिहरुको व्यवहारमा परिवर्तन नभएको बताए । उनका अनुसार सेवा प्रवाह र गरिने व्यवहार व्यक्तिमा निर्भर पर्छ । ‘नेपालीले कुनै पगरी भयो भने अरुलाई मान्छे नगन्ने प्रवृति हावी छ । मुल समस्या यही हो । राम्रो व्यवहारले कामलाई सहज बनाउछ तर जनप्रतिनिधिले त्यस्तो गर्न तयार छैनन्,’ उनले भने,‘जस्तोसुकै परिस्थितीको नागरिक होस सम्मान त खोज्छ नै । रुखो व्यवहार गर्नु राम्रो होईन ।’ उनले घण्टौसम्म सेवाग्राहीलाई उभियाउनु संस्कारभित्र नपर्ने तर्क गर्छन । कार्यालयका लागि भौतिक पुर्बाधार नभएपनि बस्नसम्मको ठाउ“ बनाउन कुनै समस्या स्थानीय सरकारलाई छैन । ‘सेवा लिन आउने सेवाग्राहीलाई बस्न दिनुस । एक गिलास पानी पीउन दिनुस । मान्छे त्यसै पग्लिन्छ । यति गर्न ठूलै कसरत पनि गर्नु पर्दैन,’ डा. आचार्य भन्छन्,‘तर यस्तो गर्दा सानो बनिने डर नेपालीलाई छ । यो मनोभावले काम गर्दा जनप्रतिनिधि र जनताबीचको खाल्डो बढेको हो ।’

     

  • ११ असार २०७८, शुक्रबार १४:३० प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • २. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान