लागु औषध गाउँमा छ्यापछ्याप्ती, प्रयोगकर्ता मध्ये ३२ प्रतिशत बालवालिका - Dastabej

लागु औषध गाउँमा छ्यापछ्याप्ती, प्रयोगकर्ता मध्ये ३२ प्रतिशत बालवालिका

लागुऔषध दुर्व्यसनविरुद्धको ३४ औं दिवस


  • दस्तावेज

  • बाँके— पहिले शहरमा पाईने लागुऔषध हाल गाउँगाउँमा छ्यापछ्याप्ती पाइन थालेको छ । झोलमा पाईने कोरेक्स, ट्याब्लेट र ब्राउनसुगर गाउँमै बिक्री हुन थालेको हो । लागु औषधको कुलतमा बालवालिका पनि फसिरहेको स्थानीयले बताए । बाँके र बर्दियाका गाउँगाउँमा लागुऔषध प्रयोगकर्ता बढेका छन् । लागु औषध प्रयोग गर्ने बढीजसो बालवालिका छन् । प्रयागकर्ता मध्ये करिव ३२ प्रतिशत बालवालिका रहेको प्रहरीले जनाएको छ । यसअघि नेपालगन्ज र कोहलपुरमा लागुऔष्ध प्रयोगकर्ता देखिन्थे । देखासिकीमा गाउँका युवा र बालवालिकाहरु दुव्र्यसनीमा फस्न थालेका हुन । लागु औषध प्रयोग गर्दा अभिभावकलाई जानकारी नहुने भएकाले उनीहरु त्यसतर्फ आकर्षित हुन थालेका हुन ।‘मदिरा खाँदा गन्धले थाहा हुन्छ त्यसैले उनीरु ट्याब्लेट खान्छन् । लठिएपछिमात्रै अभिभावकलाई जानकारी हुन्छ,’ प्रहरी अधिकारी भन्छन् ,,‘एक वर्षअघि गाउँमा लागु औषध पाईदैन्थ्यो । हाल थुप्रै युवा दुव्र्यसनीमा फसेका छन् ।’
    दुव्र्यसनीमा फसेका युवाहरु सीमावर्ती भारतीय रुपैडिहा बजारमा लागु औषध खरिद गर्न जाने गरेका छन् । उनीहहरुले सुरक्षाकर्मीलाई छलेर ल्याएको लागु औषध गाउँका युवाह?लाई बिक्री गर्छन । अपरिचित व्यक्तिहरु पनि गाउँमै पुगेर कोरेक्स, ट्याब्लेट र ब्राउनसुगर बिक्री गरेर फर्किने गरेको स्थानीयले बताए । तर दुव्र्यसनीमा लागेका युवाहरुले भने त्यसबारे केही बोल्न चाह्दैनन् । उनीह?ले साथीभाईको देखासिकीमा लागु औषध प्रयोग गर्न थालेको बताउँछन् ।गाउ“मा प्रहरी नजाने भएकाले पनि दुव्र्यसनीह? त्यहा“ सुरक्षित छन् । उनीह? निर्वाध?पमा लागु औषध खाने गरेका छन् । दुव्र्यसनी युवाका कारण स्थानीयह? हैरान छन् । अभिभावकहरु आफ्ना बालवालिका पनि कुलतमा फस्न सक्ने त्रासमा छन् ।
    जिल्ला प्रहरी कार्यालेयले लागु औषधका लागि नेपालगन्जलाई ट्रान्जिट प्वाईन्टको रुपमा स्वीकार गरेको छ । उसले लागु औषधसहित विभिन्न व्यक्तिलाई दैनिकजसो पक्राउ गर्दै आएको छ । तर, नियन्त्रण भने हुनसकेको छैन ।बाँकेका प्रहरी उपरीक्षक ओम रानाले लागुऔषध दुव्र्यसनी पक्राउ गरी मुद्धा चलाई रहेको बताए । उनले भारतीय बजारमा सजिलै पाईने भएकाले दुव्र्यसनीको संख्या बढीरहेको बताए । ‘दुव्र्यसनीले हिरासत कक्ष भरिन्छको छ,’ उनले भने,‘गाउँमा पनि अब निगरानी बढाउएका छौँ ।’लागु औषधसहित प्रहरीले यसरी दैनिकजसो विभिन्न व्यक्तिलाई पक्राउ गर्दै आएपनि गिरोहको सुराक भने फेला पार्न सकेको छैन । लागुऔषध तस्करीका लागि धेरै व्यक्ति परिचालित हुन्छन् । सामान्य अनुसन्धानले तस्करीको मुख्य नाईकेसम्म पुग्न समस्या भएको प्रहरीले जनाएको छ । नेपालगन्जमा दुव्र्यसनीको बास्तविक तथ्यांक छैन । लागुपदार्थ दुव्र्यसनीका बि?द्ध काम गर्दै आएको संस्थाहरुका अनुसार, नेपालगन्जमा झण्डै ३ हजार बढी सय दुव्र्यसनी छन् । ती मध्ये सय युवतीहरुछन् ।

     

     

  • ११ असार २०७८, शुक्रबार १७:५४ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार