२२ व्यवसायीक संस्थान कारवाहीमा, १३ लाख ६० हजार जरिवाना – Dastabej

२२ व्यवसायीक संस्थान कारवाहीमा, १३ लाख ६० हजार जरिवाना


  • शम्भु थारु

  • नेपालगन्ज ।  गैरकानुनी रुपले कारोबार गरेको भन्दै २२ व्यवसायीक संस्थान कारवाहीमा परेका छन् । कारवाहीमा पर्ने मध्ये किराना तथा खाद्यन्नका १०, एग्रोभेट २, तेल उद्योग १, पानी उद्योग १, तरकारी पसल २ मासु पसल १, हार्डवयर पसल १, औषधी पसल २ सर्जिकल पसल २ गरी २२ व्यवसायीक संस्थानहरु रहेकाछन् । बाणिज्य आपुर्ति तथा उपभोक्त संरक्षण कार्यालय, बाँकेले चालु आर्थिक बर्षमा ५ सय ५ वटा व्यवसायीक संस्थानहरुको अनुगमन गरेको छ । अनुगमन गर्दा कानुन संगत नरहेको भन्दै जरिवाना गरेरकारवाही गरिएको हो । जरिवाना वापत १३ लाख ६० हजार राजस्व असुली गरेको बाणिज्य आपुर्ति तथा उपभोक्त संरक्षण कार्यालय बाँकेका निमित्त प्रमुख कृष्णप्रसाद पौड्यलले बताए । १६ लाख ८४ हजार एक सय ६ रुपैयाँ बराबरको सामाग्री नष्ट गर्न निर्देशन दिइएको कार्यालयले जनाएको छ । चालु आर्थिक बर्षमा १ सय ५३ वटा समान्य अवस्थाका, ३ सय २१ सुधारका लागि निर्देशन दिएको, ९ वटाको कारोबार रोक्का गरिएको कार्यालयका सुचना अधिकारी देबीलाल चौलागाईले बताए । साबिकको मध्यपश्चिमका १६ जिल्लामा अनुगमनको जिम्मा पाएको कार्यालयले यो आर्थिक बर्षमा ९ जिल्लाको अनुगमन गरेको छ । बाँके बर्दिया, दाङ, सुर्खेत, दैलेख, प्युठान, कालिकोट, जुम्ला, मुगु जिल्लामा अनुगमन गरेको हो । गुनासो आएको सबै जिल्लामा अनुगमन गर्न पुगेको बाणिज्य आपुर्ति तथा उपभोक्त संरक्षण कार्यालय बाँकेका निमित्त प्रमुख पौड्यालले बताए । बाणिज्य कार्यालयबाहेक सबै जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीलाई निरीक्षण अधिकृतका रुपमा सहायक प्रमुख जिल्ला अधिकारीलाई ताएिको छ । यो आर्थिक बर्षमा उपभोक्त शिक्षाका लागि कार्यालयले बिद्यालयमा उपभोक्त शिक्षा कार्याक्रम समेत संन्चालन गरेको थियो । गत आर्थिक बर्षमा कार्यालयले ५ सय ७४ वटा व्यवसायीक संस्थानहरुको अनुगमन गरेको थियो । ३३ व्यवसायीक संस्थानलाई जरिवाना गरेको थियो । जरिवानाबाट २२ लाख ८७ हजार राजस्व अशुल गरिएको थियो । आर्थिक बर्षको अन्त्य सम्म अनुगमन जारी राख्ने कार्यालयले जनाएको छ ।

  • १२ असार २०७८, शनिबार १५:०६ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश