रनियापुरका ११ जना बालिकालाई साईकल बितरण – Dastabej

रनियापुरका ११ जना बालिकालाई साईकल बितरण


  • दस्तावेज

  • खजुरा गाउँपालिका ८ रानियापुरले शनिवार कक्षा ११ मा अध्ययनरत् ११ जना बालिकालाई साईकल बितरण गरेको छ । मधेसी, मुस्लिम र थारु बालिकाहरुलाई उच्च शिक्षामा पहुँच पुर्याउनका लागि प्रोत्सहन स्वारुप साईकल बितरण गरिएको खजुरा गाउँपालिकाका वडा नम्बर ८ का अध्यक्ष फिरोज खानले बताए । यो कार्यक्रम नयाँ आर्थिक बर्ष का लागि पनि हो । वडास्तारिय मधेसी तथा मुस्लिम बालिका शिक्षा कार्यक्रम अन्र्तगत साईकल बितरण गरिएको वडा सचिव गिरिधारी पौडेलले बताए । गत बर्ष पनि कक्षा ११ र १२ मा अध्ययनरत् मधेसी, मुस्लिम र थारु समुदायका बालिकाहरुलाई साईकल बितरण गरिएको वडा कार्यालयले जनाएको छ । साईकल पाएका बालिकाहरुले हार्षित हुदै निरन्तर बिद्यालय जाने प्रतिबद्धतासमेत जनाएका छन् । कक्षा ११ मा अध्ययनरत् बालिका साफिना खाँले साईकल पाएपछि खुसि व्यक्त गर्दै भनिन्, वडाको यो गुणलाई हामीले भबिष्यमा चुकाउने छौ । यसले हामीलाई उच्च शिक्षा प्राप्त गर्नका लागि ठूलो योगदान पुर्याउने खाँको भनाई थियो । मधेसी, मुस्लिम र थारु समुदायका कतिपय वालिकाहरु आर्थिक आभवका कारण गाउँबाट अलि टाढा शहरबजारको बिद्यालय जानआउन साईकल नभएकै कारण बिद्यालय छाड्ने र पढाईबाट बाँन्चित हुने गरेको पाइन्छ । मधेसी मुस्लिम थारु बालिका शिक्षा कार्यक्रमले बालिकाहरुलाई उच्च शिक्षामा पहुच पुर्याउनका लागि योगदान पुर्याउने आपेक्षा समेत गरिएको छ । यसरी वडाले शिक्षा, स्वास्थ्य तथा कृषिमा प्रत्येक बर्ष कार्यक्रम गर्दै आएको छ । समाजिक विकासका लागि महिला तथा वालिका, युवा, बिद्यार्थी, जेष्ठ नागरिकका लागि प्रत्येक बर्ष कार्यक्रम गर्दै आएको वडाले जनाएको छ ।

  • १२ असार २०७८, शनिबार १८:५९ प्रकाशित

  • Nabintech
  • १. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • २. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ३. बागेश्वरीका महन्तले बिक्री गरेको २७० कित्ता जग्गा रोक्का, जग्गाधनी समस्यामा
  • ४. राप्ती सोनारीको आलीनगर क्षेत्रबाट लखेटिए एक जोडी पाटे बाघ (भिडियो)
  • ५. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ
  • ६. नेपाल आयल निगमको भैरहवापछि नेपालगन्जमा सर्वसाधारणका लागि पेट्रोल पम्प सन्चालन
  • ७. चोरी भएको २४ घण्टा नबित्दै कोहलपुर प्रहरीद्धारा पक्राउ