बाँके । बाँके खजुरा गाउँपालिका ३ की सोनिया भट्टले २८ बर्षको इतिहासलाई तोड्दै ओलम्पिक रिङ चुम्न सफल भएपछि नेपाल र अन्र्तराष्ट्यि सन्चार माध्यमहरुमा छाएकी छन् । ओलिम्पक रिङ चुम्न सफल भएसंगै सन्चार माध्यमहरुले प्रमुख स्थानमै समाचारलाई प्राथिमकता उनको सफलताको शुभकामना दिएका छन् । उनको सफलताले उनी जन्मे हुर्केको स्थान खजुरा गाउँपालिका पनि चर्चामा छ । यसअघि बाँके २८ वर्षसम्म ओलम्पिक रिम रिङ चुम्नबाट बन्चित हुँदै आएको थियो । उनको सफलताले बाँकेमात्रै होईन लुम्बिनी प्रदेशको गौरब बढेको चर्चा भइरहेको छ । मध्यपश्चिम खेलकुद विकास समितिका पुर्व अध्यक्ष भिम ओलीले भटट्ले २८ बर्षपछि असल र अब्बल खेलाडीको रुपमा ईतिहास रच्दै ओलम्पिक रिङ चुम्न सफल भएको बधाई दिएका छन्। उनले नेपालगन्ज,बाँके,लुम्बिनी प्रदेश र विशेष गरि खजुराबासीलाई बधाई दिनुको साथै खेलकुदको संस्कार जोगाएकोमा धन्यबाद दिएका छन् । यसअघि बाँके नेपालगन्जका सुरेन्द्र हमाल लसएञ्जल्स( १९८४ भारोत्तोलन, पार्वती थापा सोल(१९८८ सुटिङ र अनिता श्रेष्ठ बार्सिलोना २०२० सुटिङ ओलम्पिक खेलमा प्रतिस्पर्धा गरेका थिए । अर्को महिना जापानमा हुने टोकियो ओलम्पिकका लागि छनौट भएकी हुन । जुलाई २३ देखि अगस्ट ८ सम्म हुने ओलम्पिक खेलको जुडो तर्फ उनी छनौट भएकी हुन ।