बाँकेका एसपी रानाको एक वर्ष, ६०२ फरार पक्राउ, ११३५ कारबाही, ५ करोड ४८ लाख ९३ हजार राजस्व संकलन – Dastabej

बाँकेका एसपी रानाको एक वर्ष, ६०२ फरार पक्राउ, ११३५ कारबाही, ५ करोड ४८ लाख ९३ हजार राजस्व संकलन


  • दस्तावेज

  • नेपालगन्ज । दुई दिनअघि सरुवा भएका बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर रानाले एक वर्षसम्म आफूले गरेको कामहरु सार्वजनिक गरेका छन् । उनले मोष्ट वाण्टेड फरार अपराधी पक्राउदेखि लागु औषध र तस्करी नियन्त्रणमा उल्लेख्य सफलता पाएको बताएका छन् ।
    उनका अनुसार बर्षौदेखि फरार रहेका ६०२ अभियुक्तहरुलाई पक्राउ गरिएको छ । ७२५ मुद्दामा विभिन्न अपराधमा संलग्न (कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जबरजस्ती करणी, चोरी, डकैती, गुण्डागर्दि गर्ने) १ हजार १ सय३५ जना लाई पक्राउ गरी कारबाही गरिएका छ । उनले बाँकेमा मोस्ट वान्टेड सुचिमा रहेका अपराधी र अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका ४७०, मुद्दा अदालतमा रही मुलतवीमा रहेका ४७ र प्रहरीमा मुद्दा दर्ता रही लामो समय देखि फरार रहेका ८५ गरी कुल ६०२ जना फरार अपराधीलाई पक्राउ गरिएको जनाए । ४५ लाख रुपियाँ जरिवाना असुल गरिएको छ । अन्य विभिन्न जरिवाना र कारवाहीबाट ५ करोड ४८ लाख ९३ हजार राजस्व संकलन गरिएको तथा ५ करोड भन्दा बढीको ढुंगा बालुवा गिट्टी सिज गरिएको उनले जनाए । उनी बाँके आउनु अघिल्लो वर्षमा ५२ जनामात्र फरार अपराधी पक्राउ परेका थिए ।

    त्यस्तै अपहरण गरी हत्या गर्ने तीन जना मोस्ट वान्टेडलाई पक्राउ गरिएको उनले जनाए । भेरी सहकारीमा ४३ करोड हिनामिना गर्ने मध्ये ७ जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ । २ करोड ५० लाख लिई नागमणी दिन्छु भन्ने तीनजनालाई पक्राउ गरिएको,९ जनालाई ८ वटा अवैध हातहतियारसहित पक्राउ गरिएको, राष्ट्यि अनुसन्धानका सुचक प्रविण थापाको हत्यामा संलग्न ७ जनालाई पनि पक्राउ गरेर मुद्दा चलाइएको छ ।
    तस्करीमा प्रयोग भएका ६१ मोटरसाइकल, ५६०साइकल, २८ ईरिक्सा, २ बालेरो भ्यान र ३ ट्रकसहित १९३ जनालाई पक्राउ गरेर २ करोड ९ लाख भन्दा बढी राजस्व संकलन गरिएको उनले जनाए ।

    सडक दुर्घटना रोकथाम तथा न्यूनिकरणका लागि ट्राफिक व्यवस्थापन, महिला हिंसा विरुद्ध सेफ्टी पीन क्याम्पेनीङ, चेलिवेटी वेचविखन विरुद्धको अभियान, लागु औषध निस्तेज महाअभियान चलाईएको थियो । तस्करी नियन्त्रणमा गरी राजस्व संकलन बढेको, प्राकृतिक श्रोतको दोहन रोक्न कदम चालिएको र कोरोना नियन्त्रणमा समेत उल्लेख्य कार्य गरिएको बाँके प्रहरीले जनाएको छ ।
    ‘अपराधिक गतिविधी नियन्त्रण गरी शान्तिसुरक्षा बलियो बनाउनुका साथै कोभिड नियन्त्रणमा सहयोग र तस्करी नियन्त्रणलाई प्रमुख प्राथमिकता दियौँ,’ एसपी रानाले भने,‘अहिले सरुवा भएर जाने बेलामा आफ्नो कार्यकाल सफल भएको अनुभूति भैरहेको छ । ।
    भारतीय सीमानासंग जोडिएको बाँकेमा लागु औषधको सेवन र कारोबार बढ्दै गएको र वन्यजन्तु तस्करी पनि बृद्धि भएपछि विशेष अभियान सञ्चालन गरिएकउो थियो । ५६८ ग्राम बढी ब्राउन सुगर, ३४ किलो भन्दा बढी अफीम, २० किलो भन्दा बढी चरेस, ६८ किलो भन्दा बढी गाँजा र ३६ लिटर भन्दा बढी कोरेक्ससहित १८२ जनालाई पक्राउ गरिएको एसपी रानाले जानकारी दिए ।
    गत असार ५ गते प्रहरी प्रमूखका रुपमा बाँके प्रहरीको कमाण्ड सम्हालेका एसपी रानाले पत्रकार भेटघाट मार्फत मुख्य १७ बुदे कार्ययोजना सार्वजनिक गरेका थिए ।

     

     

     

  • १३ असार २०७८, आईतवार १४:०१ प्रकाशित

  • Nabintech
  • १. डुडुवा खोलामा पौडी खेल्ने क्रममा बाँके नेपालगन्जका तीन युवाको मृत्यु
  • २. टोकियो ओलम्पिकः जुडोमा बाँकेकी सोनिया रुसकी इरिनासंग भिड्डै, जित सोनिया जित
  • ३. नेपालगन्ज मेडिकल कलेजको डेढ अर्बको शेयर किन्ने सुनिल शर्मा को हुन ?
  • ४. मजुदरी गर्न महिलाहरुद्धारा दैनिक ४० किमी साईकिलिङ
  • ५. कोहलपुरमा ८२ बर्षीया बृद्ध महिलाको हत्या घटना,प्रहरी अनुसन्धानले भन्छः ‘बदला लिन’
  • ६. नेपालगन्ज नाका भएर भारत पसेका साढे तीन सय महिला हराए
  • ७. दिलवाले नेपालगन्जः जसले सल्यानी र दैलेखीलाई मुटुमै सजाएर राख्यौ