गल्र्स कलेज नयाँ शैक्षिकसत्र देखि सन्चालन – Dastabej

गल्र्स कलेज नयाँ शैक्षिकसत्र देखि सन्चालन


  • दस्तावेज

  •  

    नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले लामो समयदेखि तयारी गरिरहेको गल्र्स कलेज नयाँ शैक्षिकसत्रदेखि सन्चालन गर्ने तयारीमा जुटेको छ । नगर प्रमुख डा. धवलशम्शेर राणा नेतृत्वको टोलीले सम्बन्धन लगायतका विषयमा आईतबार मध्यपश्चिम विश्व विद्यालयका उपकुलपति नन्दवहादुर सिंह लगायतका उच्च पदाधिकारीसँग छलफल गरेर फर्किएको छ । कलेज सन्चालनका लागि असार १० गते भएको ९ औं नगरसभाबाट नियमावली पारित गरिएको शिक्षा शाखा प्रमुख गोर्खवहादुर थापाले जानकारी दिए ।

    पहिलो वर्ष बिएससी सिएसआईटी र विएड कक्षा सञ्चालनका लागि अनुमतिको प्रक्रिया सुरु गर्दै प्रस्तावना तयार पारी सम्बन्धनका लागि केही दिनमै औपचारिक प्रस्ताव विश्व विद्यालयमा पेश गरिने छ । नेपालगन्जमा रहेका मधेसी र मुस्लिम समुदायका छात्राहरुका लागि मुख्य लक्षित गरि कलेज स्थापना गर्न लागिएको हो । कलेज सन्चालनका लागि निर्माण भईरहेको भवनको सम्पूर्ण कार्य एक महिनाभित्रै सम्पन्न हुने उप–महानगरपालिकाले जनाएको छ ।

  • १४ असार २०७८, सोमबार १५:२४ प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान