खजुरामा चल्यो विकासको लहर, चुनावका १०१ मध्ये ६८ बाचा पूरा - Dastabej

खजुरामा चल्यो विकासको लहर, चुनावका १०१ मध्ये ६८ बाचा पूरा


  • शम्भु थारु

  • नेपालगन्ज । स्थानीय जनप्रतिनिधिहरु निर्वाचित भएको ५ औ वर्षमा लागेपछि पालिकाको विकासको चर्चा सुरु हुन थालेको छ । त्यससंगै जनप्रतिनिधिहरुको भूमिका र गरेका विकासका लागि प्रयासको समिक्षा हुन थालेको छ । बाँकेको ८ पालिका मध्ये चर्चा भइरहने खजुरा गाउँपालिका शिक्षा, स्वास्थ्य, खेल, कृषि लगायतका क्षेत्रमा सम्बृद्ध बन्दै गएको छ । सच्चिकै भन्ने हो भने खजुरा गाउँपालिकामा बिकासको लहर चलेको छ । ठूला गौरबका योजनाहरु सम्पन्न हुने क्रममा छन् । कतिपय गौरबका योजनाहरु कार्यान्वयन प्रत्रियामा छन् । खजुराको गौरबको योजना मध्येको एक हो १६ किलोमिटर पक्की बाटो । जुन प्रत्येक बर्ष खजुराले निर्माण गर्दै आएको छ । यसका साथै खजुराको उढरापुरमा निर्माण हुनलागेको शित भण्डार अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले बताए । यसले खजुराका कृषि क्षेत्रमा टेवा पुग्ने छ । यसका साथै खजुरा गाउँपालिकालाई ग्रीनसिटी बनाउने परियोजना लागु हुने प्रक्रिया छ । ग्रीनसिटी परियोजना लागु भएपछि कृषिमा खजुरा गाउँपालिकाको एउटा ब्राण्ड उत्पादन गर्ने लक्ष्य गाउँपालिको छ । उक्त ब्राण्डले खजुराको पहिचान दिलाउने बिश्वास समेत अध्यक्ष कक्षपतिले व्यक्त गरे । यसका साथै कोरोनाका कारण बैदेशिक रोजगारीबाट फर्केका २ सय युवालाई कृषि तथा पशुपालनमा स्वारोजगार बनाउने कार्यक्रम पनि कार्यन्वयनमा रहेको कृषि शाखाले जनाएको छ । खजुरा गाउँपालिका शिक्षा स्वास्थ्य र कृषिमा अमुल परिवर्तन गर्ने योजनाका साथ नीपति तथा कार्यक्रममा बजेट बिनियोजन गरेर अगाडि बढिरहेको छ । खजुरालाई शिक्षाको हव बनाउने योजनाका साथ गाउँपालिकाका जनप्रतिनिधिहरु लागि परेकाछन् । लुम्बिनी प्रदेशको प्रदेश बिश्व बिद्यालय पनि खजुरा गाउँपालिकाको वडा नम्बर ८ रनियापुरमा निर्माण हुने भएको छ । एक सय बिगहा जग्गा गाउँपालिकाले प्रदेश बिश्वबिद्यालयलाई दिने भएको छ । जग्गा नापजाँच तथा कित्ता काटसमेत गाउँपालिकाले गरिसकेको छ । यसका साथै कृषि बिज्ञान क्याम्पस पनि सञ्चालनमा रहेको छ । ३ वटा नमुना बिद्यालय पनि खजुरामा छन् । हाल बैकल्पिक बिधिबाट अनलाइन र अफलाई पढाईका लागि प्रक्रिया समेत अगाडि बढाइएको छ । खजुरा गाउँपालिका जनप्रतिनिधिले स्थानीय नागरिकसंग गरेका १ सय १ बुदे प्रतिबद्धता मध्ये ६८ वटा प्रतिबद्धता पूरा गरिसकेको अध्यक्ष कक्षपतिले बताए । यसरी हेर्दा खजुरामा बिकासको लहरले छाएको छ । बिकासै बिकासले भरिपुर्ण हुदैछ, खजरा । खजुराको बहुउद्देश्य सभागृह पनि निर्माणको अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ । सरकारको योजना अनुसार एक पालिका एक खेलकुद ग्राम र औधोगिक ग्राम पनि निर्माणका चरणमा रहेको उपाध्यक्ष एकमाया विकले बताईन । खेलकुद ग्रामका लागि पर्खाल निर्माण भैसकेको छ । यसरी खजुरामा गौरब योजनाहरु सम्पन्न भए पश्चात बिकासमा कायापलट हुने देखिन्छ ।

  • १४ असार २०७८, सोमबार १८:०९ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ७. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता