बाँकेमा अझै कोरोना संक्रमण २० प्रतिशत बढी, डब्लुएचओ मापदण्डले ५ प्रतिशतमा झर्नुपर्छ – Dastabej

बाँकेमा अझै कोरोना संक्रमण २० प्रतिशत बढी, डब्लुएचओ मापदण्डले ५ प्रतिशतमा झर्नुपर्छ


  • दस्तावेज

  • नेपालगन्ज । संक्रमण घट्दै गएपछि स्थानीय प्रशासने निषेधाज्ञा खुकुलो पारिरहेको बेला बाँकेमा अझै पनि कोरोनाको संक्रमण २० प्रतिशत भन्दा बढी रहेको चिकित्सकहरुले बताएका छन् । उनीहरुले सावधानी अपनाउन र स्वास्थ्य मापदण्ड पूरा गरेर मात्रै घर बाहिर निस्किन सुझाएका छन् । अन्यथाः कोरोना फेरि पनि नियन्त्रणभन्दा बाहिर जानसक्ने चेतावनी उनीहरुको छ । कोरोनाको संक्रमण घटेपछि यस क्षेत्रकै ठूलो निजी शिक्षण अस्पताल नेपालगन्जले कोरोना वार्ड बन्द गरिसकेको छ । तर यस क्षेत्रक्रै ठूलो सरकारी भेरी अस्पताल नेपालगन्जले भने तेस्रो भेरियान्ट आउन सक्ने भन्दै तयारीमा जुटेको छ । भेरी अस्पताल नेपालगन्जका वरिष्ठ फिजिसीयन तथा कोरोना स्रोत व्यक्ति डा. संकेत रिसालले संक्रमण कम देखिए पनि कोरोना समुदायमा फैलिसकेको र यसैगरी लापरवाही बढ्दै जाने हो भने फेरि पनि अवस्था भयाभव परिस्थिती भोग्नु पर्ने अवस्था आउन सक्ने बताए ।
    भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सलटेन्ट तथा फिजिसीयन डा. राजन पाण्डेले बाँकेमा पहिलेभन्दा संक्रमण देखिए पनि नियन्त्रण भईनसकेको बताए । उनका अनुसार पीसीआर परीक्षण गर्दा बाँकेमा अझै पनि २० प्रतिशत बढीमा संक्रमण देखिने गरेको छ । तर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले संक्रमण दर पाँच प्रशितशतमा झरे नियन्त्रणमा आएको मान्ने गरेको छ ।
    बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सोमबारदेखि लागु हुने गरी थप एक साताका लागि स्मार्ट लकडाउनलाई निरन्तरता दिने बताए । त्यसपछि निजी सवारी साधनहरुलाई जोडविजोड नम्बरबाट सन्चालन गर्न दिईने उनले जनाए । नेपालगन्जमा लकडाउनका बेला पनि खुलआम हिडडुल गर्नेको भिड हुन्छ । बजार पूर्णरुपमा खुलिसकेको छ । हालसम्म बाँके भित्रका कोरोनाबाट संक्रमित हुनेको संख्या १७ हजार ४ सय २६ पुगेको छ । कोरोना मुक्त हुनेको संख्या १७ हजार ६९ पुगेको छ । हालसंक्रमितको संख्या ४७ रहेको छ । बँ“केमा कोरोना संक्रमणबाट ६ सय ६८ को ज्यान गएको छ । मृत्यु भएका मध्ये ३ सय १० र बाहिर जिल्लाका ३५८ रहेका छन् । सोमबार मात्रै भेरी अस्पतालमा उपचारका भर्ना भएका मध्ये चार जनाको मृत्यु भएको छ ।

  • १५ असार २०७८, मंगलवार ११:२७ प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान