नेपालन्ज । बाँके प्रहरीले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । बाँके राप्तीसोनारी गाँउपालिका वडा नं १ कुशुम बजार स्थित वन्यजन्तुको छालाको खरिदविक्री भईरहेको विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा दाङ घोराही उपमहानगरपालिका वडा नं९ वस्ने वर्ष ३२ को सन्तोष कुवर र दैलेख भैरवी गाउँपालिका ३ वस्ने वर्ष १९ को जितेन्द्र शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पुर्वबाट पश्चिम तर्फ आउदै गरेको रा ४ प ६५०४ नम्बरको स्कुटी रोकी चेकजाँच गर्ने क्रममा उक्त स्कुटीको डिक्की भित्र कालो झोलामा रहेको सेतो खैरो रंगको चरीबाघ चितुवाको जस्तो देखिने छाला फिट ३ ईन्च लामो फेला परेको हो । राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ ९१० बमोजिमको ५ लाख देखी १० लाख सम्म जरिवाना र ५ वर्ष देखी १५ वर्ष सम्म कैद वा दुवै सजाय हुन सक्ने ।
हाल सम्मको अनुसन्धान बाट खुल्न आएका कुराहरु
पक्राउ दुवै जना पेन्टिङ काम गर्ने क्रममा चिनजान रहेको । जितेन्द्र शाही लाई बाँके कोहलपुर घर बताउने रविन खड्काले म संग चितुवाको छाला छ विक्री गरौं आएको पैसा बाडेर खाउला भनेको । सोही अनुसार निज रविन खड्काले मिति २०७८।०३।१५ गते जितेन्द्र शाही लाई दाङ घोराहीमा चितुवाको छाला लिन पठाएको । मिति २०७८।०३।१५ गते जितेन्द्र शाही र सन्तोष कुवर दाङ घोराही गई मिलन राना भन्ने व्यक्ति बाट बरामद छाला लिई आउने क्रममा बाँके जिल्लाको कुशुम बजारमा बरामद छाला सहित पक्राउ परेको ।बरामद छाला रु ३० लाख सम्ममा विक्री गर्ने कुरा रहेको । सो घटनामा संलग्न अन्य मानिसको खो।त।कार्य जारी रहेको ।