हत्या भएको करिव एक वर्षसम्म १२ वर्षीय सुनिलको हत्या रहस्य खुलेन – Dastabej

हत्या भएको करिव एक वर्षसम्म १२ वर्षीय सुनिलको हत्या रहस्य खुलेन

दस्ताबेज फ्लोअप


  • दस्तावेज

  • नेपालगन्ज—डुडवा गाउँपालिका ३ बनकट्टाका १२ वर्षीय सुनिल रैदासको हत्या भएको करिव एक वर्षदेखि अनुसन्धानकै क्रममा छ । हत्यामा संलग्न व्यक्तिहरुको पहिचान हुननसक्दा पीडित परिवार झन पीडामा छन् । ईलाका प्रहरी कार्यालय बनकट्टीदेखि ५ सय दुरीमा बालकको शव फेला परेको थियो । बालकका आमाबुबा र परिवार हत्यामा संलग्न व्यक्तिहरुको पहिचान गरी कारवाहीका लागि प्रहरीमा धाइरहेका छन् । तर प्रहरीले भने अझै किटानी जाहेरीसमेत लिन सकेको छैन । शंका गरिएका व्यक्तिहरुलाई सोधपुछ गर्नमै प्रहरी रुमालिएको छ । बुवा विषराम र आमा रेखा रैदास छोराको शोकमै छन् । रेखा छोरालाई सम्झेर रुन्छिन् । शव भेटिएको बेला मोबाईलमा बनाइएको भिडियो हेरेर उनी बेहोस हुन्छिन् । शव भेटिदा बालकको दुबै आँखामा रगत भरिएको थियो । चिउँदोमा गहिरो घाउ थियो । दुई हातले भुई टेकेको अवस्थाको विभत्स तस्बिर अझै मोबाइलमा राखेका छन् । । ‘छोरालाई यतिधेरै यातना दिएर हत्या गर्नेलाई कुनै पनि हालतमा कारवाही हुनुपर्छ,’ विषराम र रेखाको सरकारसंग माग छ ।

    डुडवा गाउँपालिका ३ बनकट्टाका १२ वर्षीय सुनिल रैदास नेपालगन्जमै बसेर नेपालगन्जस्थित बिट्रिश इन्गलीस बोर्डिङ स्कुलमा नर्सरी कक्षामा पढ्थे । कोरोनाको कहरमा बिद्यालय बन्द भएपछि बुबासंगै नेपालगन्जबाट घर आउजाउ गर्थे । उनका बुबा बिषराम नेपालगन्जमा फर्निचर बनाउने पसल गर्दै आएका छन् । बुबासंगै बनकट्टा जाने आउजाउ गर्थे । गत कार्तिक १० गते बिहान बिषरामले आफूसंगै छोरा सुनिललाई नेपालगन्ज ल्याए । साँझ फर्किने बेला गाउँमै संगै लिएर गए । त्यसै राति गाउँ नजिकैको मन्दिर नजिकै दुर्गा माताको भण्डारा थियो । दसैंमा राखिएको दुर्गाको मुर्ति बिसर्जनपछि भण्डारा राखिएको हो । साँझ ८ बजेतिर सुनिल भण्डारातिर लागे । उनीसंग १४ हजार ३ सयमा किनेको रेडमी मोबाईल थियो । मोबाईलमा ९८१९५७८७८६ नम्बरको एनसेल सीम थियो । सवा ८ वजेतिर बुबा विषराम हरिजनले छोरालाई फोन लगाए । कति बेला घर आउँछस भनेर सोधे । सुनिलले म ट्वाईटेल गर्दै छु, एक छिनमा आउँछु भनेर फोन राखे । तर रातिको साढे ९ वजेसम्म न फर्केपछि आमा रेखा हरिजनले फेरि मोबाईलमा सम्पर्क गर्न खोजिन् । ‘दुर्भाग्य मोबाईलको स्वीच अफ भन्यो । मेरो मुटु चिसो भयो । गाउँभरी खोज्न थाले । कहाँबाट भेटियोस राक्षसहरुले छोरालाई मारिसकेका रहेछन्,’ आमा रेखाले भनिन् । भण्डारा हेर्न गएको छोरा हराएपछि रेखा रातभरी सुत्न सकिनन् । कार्तिक ११ गते बिहानै बिषराम र उनका दाजुभाई सुनिलको खोजिमा निस्के । छिमेकी गाउँ बनकट्टी, लोधपुरवा र रामपुरवा गाउँ पुगेर सोधपुछ गरे । त्यहाँ पनि कुनै पत्ता नलागेपछि विषरामका परिवार निरश बने । करिव साढे ९ वजेतिर गाउँ नजिकैको तलाउमा एक बालकको शव भेटिएको हल्ला आगोझै फैलियो । विषराम र श्रीमति रेखा पनि त्यतै दौडीए । नभन्दै उनीहरुकै छोरा सुनिलको शव रहेछ । होश उड्यो । शव हेर्न गाउँ ओर्लियो । सुनिलको शव भेटिएको स्थानदेखि ५ सय मिटर पश्चिम ईलाका प्रहरी कार्यालय बन्कट्टीको कार्यालय छ । प्रहरी कार्यालय छेउमै बालकको शव भेटिएपछि प्रहरीले लाश मुचुल्का गरी पोष्टमार्टमा लागि नेपालगन्ज लाग्यो । विभत्स हत्यापछि गाउँ शोकमा डुब्यो । प्रहरी कार्तिक ११ गतेबाटै घटनाको अनुसन्धान सुरु गरेको थियो । तर अझैसम्म सुराक पत्ता लाग्न सकेको छैन । कार्तिक १६ गते करिब एक सातापछि मात्रै प्रहरीमा जाहेरी दर्ता भयो, त्यो पनि कसैलाई किटान गरिएको छैन । ‘हामीले शंका गरेको व्यक्तिमाथि किटानी जाहेरी दिन खोज्दा यो हुँदैन अरु अपराधि भाग्न सक्छन् भन्छन्,’ हत्या गरिएका बालकका बुबा विषराले भने,‘हामीले भनेजस्तो गरी प्रहरीले अनुसन्धान नगर्दा हत्यारोको पत्ता नलागेको हो ।’ उनले जग्गाको विषयमा भएको विवादका कारण छोराको हत्या भएको हुनसक्ने शंका गरे ।

     

  • १७ असार २०७८, बिहीबार १२:३१ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश