बाँकेमा पाटे बाघको छालासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बाँके बैजनाथ गाउँपालिका–४ तिलकपुरस्थित भित्री सडक बाटोमा दुर्लभ वन्यजन्तु पाटे बाघको छाला ल्याइरहेको सूचनाको आधारमा प्रहरीले दुई जनालाई पक्राउ गर्न सफल भएको हो ।
ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला अछाम मेललेख गाउँपालिका–३ दर्पा बस्ने २७ वर्षीय डम्बर बुढा र रामरोसन गाउँपालिका–५ बस्ने ३५ वर्षीय नन्दु बुढालाई प्रक्राउ गरेको हो ।
पक्राउ परेका नन्दु र डम्बरलाई आवश्यक कारवाही तथा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । इप्रका कोहलपुरले ६ महिना यता बन्यजन्तु संग सम्बन्धित १४ जनालाई प्रकाउ गरि सकेको छ । टोलिले दुर्लभ दुई मुखे सर्प १,कस्तुरीको बिना १,गैडाको खाक१,भालुको पित्त १,रेडपान्डाको छाला ३ थान,पाटे बाघको छाला २ थान गरि अबैध कारोवारमा संग्लन १४ जनालाइ प्रकाउ गरिएको इप्रकाका डिएपि रबिन्द्र खानालले जानकारी दिनुभयो ।